विराटनगर, भदौ ४ गते । नेपाल कम्यूनिष्ट पार्टी समाजवादी नेकपा (एकीकृत समाजवादी) ले केन्द्रमा पार्टी दर्ता भएसंगै विराटनरमा पेशाकर्मीहरुको भेला गरी आफ्नो गतिविधीलार्य तिब्रता दिएको छ ।
उक्त पार्टीले आफू समर्थित विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीको उपस्थितिमा विराटनगर महानगरपालिकाको भेला सम्पन्न गरेको छ ।
सो भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले तत्कालिन पार्टी नेतृत्वले एकताका सबै ढोका बन्द गरेकोले अर्को पार्टी निर्माण गर्नु परेको भन्दै नेपालको कम्युनिष्ट पार्टीलाई एकलौटी कब्जा गर्ने, बद्नाम गर्ने एवम् समाप्त पार्ने कोशिस भएपछि आफूहरुले बाध्य भएर विद्रोह गर्नुपरेको वताए ।
नेकपा (एमाले) को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको उनको भनाई थियो । नयाँ पार्टीले विगतका कमीकमजोरीलाई हटाउँदै समाजवादको यात्रामा अघि बढ्ने र जनताको पक्षमा सँधै लागिरहने उनले दावी गरे ।
उक्त भेलामा पेशाकर्मीहरुको तर्फबाट सञ्जु साह, हिक्मत बस्नेत, भीम बस्नेत, देवी पन्थी, कोषराज न्यौपाने, डा. उद्धव पोखरेललगायत पार्टीका प्रदेश कमिटी सदस्य मणि दाहाल, लोचन राई, मृत्युन्जय झा, जिल्ला कमिटीका अध्यक्ष चन्द्रवीर राई, महानगर अध्यक्ष पारुल क्षेत्री, अनेरास्ववियुका सह–अध्यक्ष वसिम आलमलगायतले पार्टी पुनर्गठन अभियानको पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]