बिराटनगर, श्रावण २८ गते । प्रदेश नं. १ को राजधानी विराटनगरको विभिन्न संरक्षण गृहमा रहेका आश्रितहरुलाई सामाजिक विकास मन्त्रालयको पहलमा कोभिड–१९ विरुद्धको खोप जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको छ ।
उक्त अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले शुभारम्भ गरेको छ । सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको विराटनगर महानगर पालिका वडा नं. १० को मानव सेवा आश्रितहरुलाई खोप लगाएको छ ।
खोप अभियान शुरुवात गर्दै सामाजिक विकास मन्त्री राईले भने संरक्षण्मा रहेकोहरुलाई धेरै पहिले नै खोप लगाई सक्नु पर्ने तर ढिला भएपछि सडक आश्रित, हिन्सामा परेका र सहयोगापेक्षीहरु कोभिड १९ विरुद्धको खोप लगाउने शुरु गरेको वताए ।


मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरु सबै व्यक्तिहरलाई खोप लगाउने भएको छ । अपाङ्गता भएका तथा अशक्त सवैलाई अभियानमा समेटिने छ ।’ लक्षित समूहले खोप लगाईरहेपनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा भएलगत्तै अभियान शुरुवात गरिएको मन्त्री राईको भनाई छ ।
सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम, एवीसी, ओरेक, माइती नेपाल तथा संरक्षण गृहहरुमा आश्रित सवैलाई खोप लगाईने भएको वताए ।
मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेका करीब ३ सय जनालाई खोप लगाएको सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईले जानकारी दिए । सो अवसरमा स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहता, विराटनगर महानगर पालिका वडा नं. १० का वडाध्यक्ष माधवराज वाग्ले लगायतको सहभागिता रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]