बिराटनगर, श्रावण २७ गते । कोरोना महामारीका कारण २०७८ चैत ११ गते देखि शिल भएको विराटनगरको जोगवनी नाका सर्वसाधारणको लागि खुल्ला गरेपछि भिडभाड बढेको छ ।
नेपाल भारतको खुल्ला सिमाना भएकोले अन्यत्र लुकी छिपि ओहोर–दोहोर गर्नु भन्दा मोरंगको मुख्य नाकावाटै स्वास्थ्य मापदण्ड पुरा गरी सर्वसाधारण आवत–जावत गरोस भन्ने उद्श्यले पैदल यात्रीलाई ओहोर दोहोर गर्न दिएको छ ।
विगत डेढवर्ष देखि कोरोनाका कारण बन्द रहेको जोगबनी सिमानाकाबाट सर्वसाधारणहरुका लागि सरकारले एन्टिजेन परिक्षण, ज्वरो परिक्षण, पिसियार रिपोर्ट र मास्क लगाएर स्वास्थ्य मापदण्ड पुरा गर्नेहवरुलाई नेपाल भारत ओहोर दोहोर गर्न दिएपछि नेपाल भारतका सर्वसाधारण जनताहरु खुशी भएका छन् ।
नेपाल सरकारले २०७६ चेत्र ११ गतेदेखि कारोना संक्रमण न्यूनिकरण गर्नका लागि देशमा लकडाउन लगाएसंगै नेपाल भारतबाट आवत जावतमा समेत रोकलगाएको थियो । तर नेपाल भारत ओहोर दोहोर गर्नका लागि सर्वधारणहरुले मोरङको खुल्ला नाका दरैया, इश्लामपुर, बुधनगर, तरिगामा, मझारे, डुमरीया, नोचा, मयागञ्ज र रंगेली लगायतका खुल्ला नाकाहरुबाट लुकीछिपि आवत जावत गर्दै आएको थियो ।
जोगबनी सिमानाकाबाट सर्वधारणहरुलाई आवत जावत गर्न सहज बनाएपछि सिमा नाकाका जोगबनी बजारमा समेत भिडभाड हुन थालेको छ ।
जोगबनी सिमानाका बन्द हुँदा सयौको रोजगारी गुमेर हातमुख समेत जोरन समस्यामा रहेका मजदुर, रिक्शा चालक, सिटी रिक्सा चालक मज्दुरहरुलाई राहत मिल्ने स्थानीय नेपाली काग्रेसका नेता राजेश कुमार गुप्ताले वताए । उहाँका अनुसार जोगबनी सिमानाका नेपाल र भारत आउने जानेको संखया शुन्य रहेको बेला अब स्वास्थ्य मापदण्ड पुरागरी आवत जावत गर्न दिएर निकै नै सहजभएको छ ।
खुल्ला सिमानाका क्षेत्रबाट लुकीछिपी आउन नदिएर जोगबनी नाकाबाट एन्टिजेन परिक्षण सहित नेपाल भारत आउन जानदिएर विरामी चेक जाँच गराउन भारत जान सहजभएको अर्का स्थानीय दिलीप साह भनाई छ ।
खुल्ला नाकाहरुबाट आवत जावत गर्न रोक लगाउँदै मुल नाकाहरुबाट स्वास्थ्य मापदण्ड पुरागरी जोगबनी नाकाबाट सर्वसाधारणहरुलाई आवत जावत गर्नदिएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वताए ।
कोरोनाको दोस्रो कहरको बेला खुल्ला नाकाहरुबाट लुकीछिपी आएको व्याक्तीहरुलाई पहिचान गर्न असहजभएको बेला सरकारले विराटनगरसंग जोडिएको जोगबनी मुल नाकाबाट एन्टिजेन परिक्षण र स्वास्थ्य परिक्षण सहित आवत जावत गर्न दिएको वहांको भनाई छ ।
खुल्ला नाकाबाट कोरोना संक्रमित व्याक्तिहरु प्रवेश हुन सकिने भएकाले मुल नाकाबाट एन्टिजेन परिक्षण र स्वास्थ्य परिक्षण गराई मात्र नेपाल र भारत आउन जानका लागि खुल्ला गरेको छ ।
जोगवनी सिमानाका खु्ल्ला भएपछि जोगवनी बजारका व्यापारीहरु उत्साहित भएका छन् भने नेपाल तर्फका विराटनगर बजारमा किनमेल गर्ने उपभोक्तहरुको कमी भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]