बिराटनगर, श्रावण २४ गते । बिराटनगर महानगर पालिका वडा नं. १२ मा रहेको संगम गीत गजल होटलवाट १२ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
संगम गित गजलमा जुवा (तास) खेली रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद २ दुई लाख ३१ हजार २ सय ४० रुपैयाँ सहित जुवाडेहरुलाई पक्राउ गरको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बस्ने बर्ष १८ को विरेन सहनी, वडा नं. १२ बस्ने बर्ष २६ को राहुल सहनी, वडा नं. २ बस्ने बर्ष ३१ को भुवन कालाखेती, बर्ष ४८ को दिनेश सत्रा, वडा नं. ११ बस्ने बर्ष ३० को राजन पौदार, बर्ष २२ को अजय सहनी बर्ष ४० को सन्तोष कार्की, वडा नं. ८ बस्ने बर्ष ३४ को सुवोध पासवान रहेका छन् ।
त्यसैगरी बिराटनगर महानगर पालिका वडा नं. १४ बस्ने बर्ष ५१ को बल बहादुर कोईराला, वडा नं. ६ बस्ने बर्ष २८ को रन्जित सिंह, वडा नं. १२ बस्ने बर्ष ३१ को विमल मुखिया र कटहरी गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३५ को सवध नारायण चौधरी रहेका छन् ।
पक्राउ परेकाहरुलाई जुवा ऐन २०२० कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]