बिराटनगर, श्रावण २१ गते । नेपाली भूमिमा पानी निकासाको लागि निर्माण भईरहेको नाला भारतीय सुरक्षाकर्मीको अवरोधका कारण निर्माण कार्य नै ठप्प भएको छ ।
बिराटनगर महानगर पालिका वडा नं. १७ इस्लामपुर पानी निकासको लागि सडकमा वनाउन लागेको पक्ककी नाला वनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले नेपाली जनतालाइ मार्ने धम्की दिर्दै निर्माण कार्यमा रोक लगाएको छ ।
भारतीय बजार जोगवनीबाट बगेर आएको पानी र नेपाल भूमिमा बसोवास गरेका आम नेपालहरुलाई डुवानवाट वचाउनका लागि निर्माण गर्न लागेको पक्की नाला नेपाल भारतको पीलर भन्दा २० मिटर पूर्व रहेको भएतापनि भारतीय सुरक्षकर्मीको अवरोधका कारण निर्माणको काम ठप्प भएको छ । इस्लामपुर वस्तीमा नाला निर्माण गर्न खोज्दा भारतीय सिमा सुरक्षा बल (एसएसवी) ले अवरोध गरेको छ ।
नाला निर्माणको कामलाई भारतीय सिमा सुरक्षा बलले अवरोध गरेपछि वर्षायाममा भारततर्फबाट आएको पानीको निकास नहँुदा सो स्थानमा डुवानसमेत हुने, पानी जमेर अनेकन रोगहरु फैलिने गरेको स्थानीय उपभोक्ता समितिका अध्यक्ष समसुल होदा मियाले वताए ।
डुबानबाट जोगाउनका लागि नेपालभित्र इस्लामपुरमा पक्की नाला निर्माणको काम सुरु भए लगत्तै भारतीय सिमा सुरक्षा बल (एसएसवी) ले ज्यान मार्ने धाकधम्की दिँदै रोक लगाएको मियांको भनाई छ ।

भारतको जोगवनी बाजारको फोहर पानी नेपालको मटेरुवा सडकमा
भारतीय सिमा सुरक्षा बल नाला निर्माण कार्यलार्य अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङ र भारतीय सिमा सुरक्षा बलबीच छलफल नभएसम्म नालाको काम तत्काल रोकिएको छलफल पछि निर्माण कार्य सम्पन्न हुने वडाध्यक्ष समिम कमरको भनाई छ । कमरका अनुसार जोगवनी वजारकै पानी नेपाली भुमि प्रवेश गरी डुवान हुँदा सोही पानीलाई वगाउन नाला निर्माण कार्य गर्न लागेको हो । बगेको हुँदा सोही पानीलाई
इस्लामपुरमा रहेका ३ सयभन्दा बढी घरपपरिवारका मानिसहरु डुवानबाट बर्षेनी पिडित हुँदै आएका छन् । नाला निर्माण रोकिएको विषयमा भारतीय सरोकारवालासँग वार्ता गरेर समस्याको समाधान गर्न खोज्ने र भारतीय भूमि जोगवनी वजारको पानी बगरे नेपाली भूमि डम्पीङ्ग साईड बनेको विषयमा समेत छलफल ल्याउने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वताए ।
बिराटनगर महानगर पालिकावाट २०७७÷०७८ मा नै नाला, सडक ग्राभेल र लगायतका कार्य गर्नका लागि २५ लाख बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटवाट विराटनगर महानगर पालिका वडा नं. १७ सिमावर्ती बस्तीमा निर्माण हुन लागेको नाला एक सय मिटर लम्बाई, ८० सेन्टी मिटर चौडाई र ५० सेन्टी मिटर गहिराई रहेको छ ।
नाला निर्माण कार्य उपभोक्ता समितिले सम्झौता अनुसार २०७८ आषाढ मसान्तसम्ममा सम्मपन्न गरि सक्नु पर्नेमा भारीतय सुरक्षाबलको अवरोधका कारण काम सम्पन्न हुन नसकेको नवि हुँसैनले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]