बिराटनगर, आषाढ २१ गते । आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा बिशेष जोड दिईने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले वताएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयको सभाहलमा सञ्चारकर्मीहरु संगको भेटघाट कार्यक्रममा उक्त कुरा वताएकोे हो । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता बृद्धी गरी आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा बिशेष जोड दिईने वहांको भनाई थियो ।
सञ्चारकर्मीहरुले राखेको जिज्ञासाहरुको सम्बोधन गर्नुहुँदै विपद व्यवस्थापन लगायतका कार्यमा विशेष सकृयताका साथ लागी पर्ने, प्रहरी कति पनि बिचलित नभई आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रही रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्ने समेत वाहाँले जानकारी दिनु भयो । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट १ नं प्रदेशका जनताहरुलाई प्रत्याभुत हुने गरी सुरक्षा व्यवस्था गर्ने कुरामा बिशेष जोड दिएका थिए ।
सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी तस्करी तथा सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा अगाढी बढ्ने पनी वाहाँले प्रस्ट पार्नु भयो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]