बिराटनगर, जेठ २९ गते । रंगेली नगरपालिका वडा नं. २ मंगलवारे बस्ने अग्नी पिडित राजेन्द्र शर्माको परिवारलाई नेपाल बढई कल्याण समाजले खाद्य्यान सहयोग गरेको छ ।
समाजिक दायित्व अन्तर्गत समाजका मनकारी मनहरु सप्तरी जिल्ला राजविराजको भगवती शर्मा, संजय शर्मा, मोरंगका रामलाल सुतिहार र श्याम सुन्दर सुतिहारले संयुक्त रुपमा २ बोरो चामल र १ बोरा भुजा सहयोग गरेका छन् ।

शर्माले धनपालथान गाउँपालिका कर्सिया बजारको विपी चौकमा संचालन गरेको फर्निचरमा जेठ २१ गते शुक्रवार विहान अचानक आगलागी भएको थियो । सो आगलागीमा फर्निचरमा बनाएर राखिएको पलङ्ग, कुर्सि, सोफा, सिंगार टेवल, लगाईतका फर्निचरका समानहरु जलेर खरानी भएका थियो । उक्त आगलागीमा एक करोड बरावरको क्षति भएको अनुमान गरिएको छ ।
फर्निचर सामग्रीसंगै फर्निचर सामग्री निर्माण गर्न प्रयोग हुने औजारहरु समेत जलेर नष्ट भएपछि आफ्नो व्यवसायी समेत संचालन गर्न गाहे भएकोले उक्त औजारहरु संहयोग गरे पुनः फर्निचर व्यवसायी संचालन गरी गुजारा गर्न सक्ने वहांको भनाई छ ।


सहयोग गर्न पुगेका भगवती शर्माले फर्निचर बनाउने औजारहरु लगायत अन्य सहयोग समेतको पहल गर्ने वताए ।
शर्मा परिवारको यो दोस्रो ठूलो पिडा हो यस भन्दा पहिले शर्माको एक मात्र छोराको मोटरसाईकल दुर्घटनामा बैशाख ४ गते मृत्यु भएको थियो । अग्नी पिडित शर्माले फर्निचर बनाउने सामग्रीहरु व्यक्ति, संघसंस्था तथा स्थानीय निकाय मार्फत सहयोग गरी दिन विनिती गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]