बिराटनगर, जेठ २४ गते । मोरङको जहदा गाउँपालिका वडा नं. १ बुधनगर स्थित खाली जग्गामा लुकाई छिपाई राखेको सिलप्याक मदिरा प्रहरीले बरामद गरेको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३ सय ९ कार्टुन, उंमग मदिरा २ सय ७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १ हजार ९ सय बोतल फेला पारेको हो ।
खाली जग्गामा लुकाईछिपाई राखेको उक्त मदिराहरुको बजार मुल्य ४ लाख ९० हजार भन्दा बढि रहेको छ । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]