विराटनगर, जेठ १६ गते । औषधीको अवैध कालोबजारी गरी अवैध रुपमा औषधीको लेवलीङ गर्ने, भण्डारण गर्ने एक जना संचालकलाई प्रहरीले पक्राउ गरको छ ।
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने बर्ष ३५ को रवि कुमार रजकले निजको घर कोठामा अवैध रुपमा औषधीको कारोवार गरी रहेका थिए ।
रजकले फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरी झुक्याई बिक्री बितरण गर्ने गरेका थिए ।
औषधी अवैध जम्मा खोरी गरी कालो बजारी गरेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त औषधी लगायतका सामानहरू सहित निजलाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]