बिराटनगर, जेठ ११ गते । नेपाल उध्योग परिसघ प्रदेश न १ को प्रमुख सल्लाहकार तथा एसियन थाइफुड इन्डष्ट्री प्रा लि का प्रबन्ध निर्देसक महेश जाजु र संचालक राधेश्याम सारडाले २५ लाख बराबरको खाद्य्यान हस्तान्तरण गरेको छ ।
सुनसरीको दुहवी नगरपालिका वडा नं. ९ स्थित एशियन थाइ फूड्स प्रा.लि.को प्रागणमा एक कार्यक्रमको आयोजना गरी गरीब तथा अति–विपन्न परिवारहरुका लागि नगरपालिकालाई राहत स्वरुप खाद्य्यान्न हस्तान्तरण गरेको हो ।
नेपाल उद्योग परिसंघ प्रदेश नंः १ विराटनगरले लकडाउनबाट प्रभावित बनेका गरीब, अति–विपन्न, दैनिक ज्याला मजदुरी गर्ने वर्गका मानिसहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्नका लागि स्थानीय जनप्रतिनिधीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ ।
दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि सरकारले लगाएको लकडाउनमा अतिविपन्न परिवारलाई खाद्य्यान्न अभाव भएको महशुस गरी चामल, दाल, नुन, खाने तेल लगायतका खाद्यन्न स्वरुप राहत उपलब्ध गराएको छ ।

खाद्यन्न स्वरुप राहत उपलब्ध गराएपछि दुहबी नगरपालिका वडा नंः ९ का वडाअधयक्ष मेहदी हुसेनले खाद्यान्न ग्रहण गर्नुहुँदै निकै खुशी हुँदै राहत स्वरुप खाद्यन्न दिएर एशियन थाइ फूड्सको सहयोगमा नेपाल उद्योग परिसंघ प्रदेश नंः १ विराटनगरले सराहनीय काम गरेको वताए ।
सरकारले गरीब तथा अति–विपन्न परिवारहरुका लागि राहतको घोषणा नगरेको भन्दै गुनासो गरेका थिए ।
लकडाउनको कारणले दैनिक ज्याला मजदुरी गर्न नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको वेला अति विपन्नहरुका लागि एशियन थाइ फूड्स प्रा.लि.सुनसरीले सहयोग जुटाइदिएको एशियन थाइ फूड्स प्रा.लिका जर्नल मेनजर, समिर शाह र परिसंघका उपाध्यक्ष दिपक पौडेलले जानकारी गराएका थिए ।
राज्यले नसोचेको बेला एशियन थाइ फूड्सको सहयोगमा नेपाल उद्योग परिसंघ प्रदेश नंः १ विराटनगरले अति विपन्नहरुको पहिचान गरेर राहत वितरण गरेको परिसंघका अध्यक्ष भीम घिमिरेले वताए । समाजका कुनै पनि अति विपन्न व्याक्ति कोरोनावाट संक्रमित छ भने त्यसता हरुलाई राहत स्वरुप खाद्यन्न उपलब्ध गराउने घिमिरेले प्रतिबद्धता जनाएका थिए ।
२ सय परिवारलाई खाद्य्यान्न वितरण गर्ने गरी दुहवी नगरपालिकाका वडा नं.२, ८, १० र ११ अध्यक्षहरुलाई हस्तान्तरण गरेका थिए । एक परिवारमा मास्क १० थान, रम–पम १ प्याकेट, लुज भुजिया १ किलो, रम–पम विष्कुट १ प्याकेट, नुन एक किलो, खाने तेल आधा लिटर,े चामल ५ किलो, र १ किलो दाल वितरण गर्ने भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]