विराटनगर, जेष्ठ ४ गते । सुनसरी मोरंग सिचाई आयोजना अन्तर्ग पर्ने महादेवकोल शाखामा पर्ने बर्षौदेखि जिर्ण रहेको एकुडक (पुल) को मर्मत गर्न थालेको छ भने नहरलाई समेत सर–सफाई गर्न थालेका छन् ।
सुनसरी मोरंग सिचाई आयोजना अन्तर्गत पर्ने महादेवकोल शाखाको कटहरी गाउँपालिका वडा नं. मा पर्ने जुडी खोलामा सिचाईको लागि बनेको एकुडक (पुल) वर्षौ देखि जिर्ण भएर नहरको पानी लिक भएर खोलामा गएपछि नहरमा पानीको कमी भएर सिचाईमा समस्या भई रहेको थियो ।
जुडीखोलाको एकुडक पुल र नहर सरसफई नभएकै कारण जहदा गाउँ पालिकाको वडा नं. ४, ५, ६, ७ र धनपालथान गाउँपालिका वडा नं. १ र ६ का किसानहरुलाई सिचाईमा समस्या भई रहेको थियो ।


महादेवकोल शाखामा सिचाईका लागि ४०÷४५ किलोमिटर नहर रहेकोको ७ किलोमिटर मात्र सफाई भएको छ वांकी नहरलाई सफाई गर्न पाएमा किसानलाई सचाई गर्न सजिलो हुने कुरा महादेवकोल शाखाको अध्यक्ष सुजित कुमार माझीले वताए ।
जुडी खोलाको एकुडक पुल निर्माण कार्यमा ४५ लाख जति खर्च हुने भएको छ । सो निर्माण कार्य पनि अहिले उधारोमा भईरहेको छ । सो मर्मत कार्य जेष्ठ मसान्त भित्र मर्मत कार्य सम्पन्न गरी सिचाईको लागि नहरमा पानी संचालन गर्ने गरेपछि २ हजार हेक्टर जमिनमा सिचाई हुने कुरा इन्जिनियर अर्जुनानन्द मिश्रले वताए ।
सुनसरी मोरंग सिचाई आयोजनाका प्रमुख भिलानन्द यादवका अनुसार यसपानि बजेटपनि कम भएकोले त्यसैवटा किसानलाई केही राहत पुगोस भने नहरलाई सरसफाई र मर्मतका कामहरु केही शाखाहरुमा हुंदै आएको छ । किसानहरुलाई सिचाईका लागि समयमै पानी उपलब्ध गराउने वहांको भनाई छ । सुनसरी मोरंग सिचाई आयोजनाले कुल ६८ हजार हेक्टर जमीनमा सिचाई गर्दै आएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]