रंगेली, बैशाख १७ गते । आदिवासि जनजातिमा पर्ने मुडियारी, उराव, सन्थाल, कर्मकार, जातिहरुलाई जातिय भेषभूषा र पहिचान झल्काउने पोषक र गायनमा प्रयोग हुने बाजागाजाहरु वितरण गरिएको छ ।
रंगेली नगरपालिकाले एक समारोहको आयोजना गरी सो कार्यक्रमका प्रमुख अतिथी रगेली नगरपालिकाको मेयर दिलीप कुमार अग्रवालले सो सामग्री वितरण गर्दै भने यी जातिहरुको भेषभुषा र गायनका यन्त्रहरु बाजागाजाहरु लोप हुन लागेकोले त्यसको संरक्षणको लागि सानो सहयोग हो अगामी दिनमा अझ सहयोग गर्ने वताएको थिए ।
साही अवसरमा समारोहका विशिष्ट अतिथि राष्ट्रिय आदिवासि जनजाति युवा महासंघ केन्द्रीय अध्यक्ष प्रभाग कुमार खवासले भने कतिपय जातिहरुलाई सरकारले सूचिकृत गरेको छैन तिनीहरुलाई अविलम्ब सूचीकृत गरी राज्यवाट पाउने सेवा सुविधाहरु उपलब्ध गराउनु पर्ने बताएका थिए ।
त्यसैगरी राष्ट्रिय आदिवासि जनजाति युवा महासंघ वरिष्ठ उपाध्यक्ष अशोक राई, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय आदिवासि जनजाति नेतृत्व गर्ने जातिय प्रतिनिधिहरुको उपस्थितिमा जातिय भेषभुषा सहितको पहिचान झल्काउने पोशाक र बाजागाजा प्राप्त गरेकोमा ती जातीका अगुवा प्रतिनिधीहरु खुशी भएका थिए ।
मुडियारी, उराव, सन्थाल, कर्मकार, जातिको भाषा, कला, सास्कृतिक, पहिचान संरक्षणको लागि नगरपालिकाले सहयोग गरेकोमा राष्ट्रिय आदिवासि जनजाति युवा महासंघ केन्द्रीय कार्य समिति तर्फबाट रंगेलि नगरपालिकालाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]