बिरेन्द्र शर्मा
बिराटनगर, बैशाख १४ गते । नेपाल प्रेस इन्स्टिच्यूटले संचालन गरेको दुई महिने र दश महिने पत्रकारीता तालिम एकै साथ सम्पन्न गरेको छ ।
कर्णाली प्रदेशलाई लक्षित गरी प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटल २०७७ असार देखि चैत सम्म सञ्चालन गरेको पत्रकारीता तालिम सम्पन्न गरेको हो ।
२०७७ चैत्र ३१ मा भएको अन्तिम परीक्षा, ४ महिना लामो प्रयोगात्मक अभ्यास र कक्षागत सक्रियताका आधारमा १० महिने पत्रकारिता तालिमबाट २४ पत्रकारले सफलता हासिल गरेका छन् भने दुई महिने प्रशिक्षणमा ५५ पत्रकारले सफलता पाएका छन् ।
१० महिने पत्रकारिता तालिममा ३० जनाले भर्ना लिई प्रशिक्षणमा सहभागि भएका थिए भने दुई महिने प्रशिक्षणमा एक सयभन्दा बढी क्रियाशील पत्रकारहरुको आवेदन परेको थियो । १० महिने पत्रकारिता तालिमको यो ३६ औ समूह रहेको छ ।
त्यस समूहमा स्याङ्जाकी भवानी अधिकारी अत्युत्तम (एक्सलेन्ट) स्तर हासिल गरी प्रथम भएको छ भने सोही स्तरमा ईश्वर उप्रेती, पुष्प भट्टराई र फुर्पा शेर्पाले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् । अत्युत्तम (एक्सलेन्ट) स्तर हासिल गर्ने १६ प्रशिक्षार्थी पत्रकार छन् भने ६ जनाले उत्तम (भेरीगुड) र दुई जनाले राम्रो (गुड) स्तर हासिल गरेका छन् ।
दुवै समूहका प्रशिक्षार्थी पत्रकारलाई एक समारोहको आयोजना गरी वैशाख महिनाभित्रै प्रमाणपत्र वितरण गरिने भएको छ ।
नेपाल प्रेस इन्ष्टिच्यूटको लोकप्रिय १० महिने पत्रकारिता तालिमको ३७ औं समूहका लागि नयाँ भर्ना खुलेको छ । कुल शुल्क २५ हजार रुपियाँ रहेको यस तालिममा सहभागी हुन कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ । जेठ महिनाबाट भच्र्युयल माध्यममा सुरु हुने कक्षा बिहान दुई घण्टा हप्ताको पाँच दिन संचालन हुने भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]