बिराटनगर, चैत ३१ गते । न्यूरो अस्पताल विराटनगरमा स्थापनाकाल देखि न्यूरो सर्जनको रुपमा सेवा दिदै आएका डाक्टर यम बहादुर रोक्काले नेपाल सरकारबाट पाएको सम्मान र पदक आफ्ना शुभेच्छुक र शुभचिन्तकहरुमा समपर्ण गर्न चाहेको वताएको छ ।
न्यूरो अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरी डा. रोक्काले भने मेरो कार्यको उच्च मुल्याँकन गर्दै नेपाल सरकारबाट गएको हप्ता सुप्रबल जनसेवाश्री मानपदवी प्राप्त गरेको छु त्यो सम्मान र पदक बुवा–आमा, श्रीमति, छोरा–छोरी, विरामी, विरामीका आफन्त, मेरा टीम, प्रदेश १ का चिकित्सकहरु, बुद्धिजीवी, नागरिक समाज, राजनीतिकर्मी, प्रहरी, प्रशासन, पत्रकार, व्यवसायी एवम संघ संस्था, नेपाल चिकित्सक संघ न्यूरो अस्पताल लगायत शुभेच्छुक एवंम शुभचिन्तकहरुमा समपर्ण गर्न चाहेको भन्दै चिकित्सक सेवा प्रति झन उत्साहित भएको वताए ।
डा. रोक्का २०५६ सालमा धरानवाट चिकित्सकीय सेवाको शुरुवात गरी २०६६ साल देखि न्यूरो हस्पिटलमा कार्यरत रहेको छ । रोक्काकाट चिकित्कीय सेवा सिकेर ७ जना डाक्टरहरु अहिले न्यूरो सर्जन भई सकेका छन् । प्रदेश नं. १ मा न्यूरो अस्पताल वाहेक ८ वटा अस्पतालहरु न्यूरो सेवा दिई रहेको छ भने १६÷१७ जना न्यूरो सर्जनहरु कार्यरत रहेको वहांका भनाई छ ।
डाक्टर रोक्का न्यूरो सर्जरीमात्र खपिस नभएर अग्रेजी कविता लेख्नपनि खपिस हुनुहुन्छ वहांको कविता संग्रहको नाम १०८ पोयम रहेको छ । कविताको भोल्यूम १ र २ प्रकाशित भई सकेको छ भने ३ देखि ७ सम्म प्रकाशन हुने क्रममा रहेको छ ।
पश्चिम नेपालको बाग्लुङमा जन्मेका डा. रोक्का पूर्वी नेपालमा सेवा प्रदान गरी रहेता पनि बाग्लुङको एक विद्यालयलाई सहयोग गरी रहेको जानकारी गराउँदै दुरदराजमा पनि शिक्षाको पहुँच होस भन्ने तर्फ समेत प्रयास गरी रहेको छ ।
सोही अवसरमा न्यूरो अस्पतालका संस्थापक अध्यक्ष डा.बिरेन्द्र कुमार विष्ट र कार्यकारी निर्देशक श्रीमति अनिशा विष्टलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै २०७८ सालको सम्पूण महानुभावहरुमा हार्दिक मंगलमंय शुभकामना व्यक्त गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]