बिराटनगर, चैत ३१ गते । परोपकारी मनहरुको मुठ्ठी–मुठ्ठीको साथ र सहयोगमा संचालन हुँदै आएको मानव सेवा आश्रमलाई घरभाडा मुक्त गराई अपाङ्ग मैत्री पूर्ण वातावरण युक्त भवनको शिलन्याश नयां वर्ष २०७८ साल बैशाख ८ गते हुने भएको छ ।
मानव सेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) प्रदेश नं. १ विराटनगर शाखाले पत्रकार सम्मेलन गरी भवन निर्माण शिलान्यास सम्वन्धी जानकारी गराएका हुन् । मानव सेवा आश्रमको लागि श्री डम्बर सत्सङ सदगुरु कवीर सेवा आश्रमले विराटनगर महानगर पालिका वडा नं. ५ डिपिएस स्कुलको पछाडी ६ कठ्ठा जग्गा मानव सेवा आश्रमलाई प्रदान गरेको जग्गामा भवन शिलान्यास हुन् लागेको मानव सेवा आश्रमका अभियन्ता रामजी अधिकारीले वताए ।
उक्त जग्गामा आश्रमको भवन निर्माण्का लागि मानसेवा आश्रमसँग निरन्तर जोडिएर उत्सािह वद्र्धन गर्दै आईरहेको मानवसेवा आश्रमका सद्भावना दूत मदन कृष्ण श्रेष्ठ, हरिवश आर्चाय, अभिभावक आनी छोइङ डोल्मा, मनोज गजुरेल, रमेश खरेल, दिपाश्री निरौला, श्रृखला खतिवडा, सरना श्रेष्ठ र सुमित खड्काको उपस्थिती रहने छन् ।
त्यसगरी प्रदेश १ का प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन, संघसंस्था र महत्वपूर्ण व्यक्तिहरुको बीचमा बैशाख ७ गते प्रविधीकहरुवाट आश्रमका भवन निर्माण प्रस्तुतिकरण र नयांवर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
प्रदेश १ सरकार, विराटनगर महानगर पालिका सहति प्रदेश १ का बासी परोपकारी मानवताप्रेमी मनहरुको प्रत्यक्ष सहभागितामा बैशाख ८ गते विहान शिलान्यास हुने भएकोेले मानव सेवा आश्रमको मानवीय स्मारक निर्माण गरि प्रदेश नं. १ को सडक पेटीमा रहेका सहयोगापेक्षी सडक आश्रित मानहरुको व्यवस्थापनमा तन, मन र धनको त्रिवेणीबाट साथ र सहयोग र अभिभावकत्व ग्रहण गर्न आश्रमले आग्रह समेत गरेको छ ।
२०६९ साल भाद्र १३ गते मकवानपुरको हेटौडावाट शुरुवात भएको मानव सेवा आश्रम ७ वटै प्रदेशमा रहेको छ । आश्रमले बेसहारा, अशक्त, असाहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर सडक आश्रित मानवहरुका मानवोचित उद्धार, उपचार, परामर्श, पालनपोषण, पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसक्नेहरुको लागि लौरी स्वरुपको सहारा बन्दै सेवा कार्यमा समिर्ति रहँदै आइरहेको विशुद्ध सामाजिक संस्था एवंम अभियान हो ।
७ वटै प्रदेशमा सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. १ लाई केन्द्रित गरेर २०७६ साल भाद्र १३ गते देखि विराटनगर शाखाको शुरुवात गरेको हो । विराटनगर महानगर पालिका वडा नं. १० निटोलियामा सहयोगापेक्षी सडकआश्रित मानहरुको उद्धार गरी सेवा शुरुवात गरेको छ ।
प्रदेश नं. १ सम्पूर्ण जिल्लाहरुवाट उद्धार कार्य गरेपछि ठाउंको अभाव भएकोले बिराटनगर महानगर पालिका वडा नं. ३ पोखरीया र वडा नं. १ मा सेमत घरभाडामा लिई आश्रम संचालन गरेको छ । तीन ठाउं गरी अहिले २ सय ५ जना आश्रममा रहेको छ । जसमा आश्रित लक्ष्मी –महिला) को संख्या ८९ र आश्रित नारायण (पुरुष)को संख्या १ सय १६ रहेको छ ।
प्रदेश नं. १ मा जम्मा उद्धार गरिएको संख्या ४ सय ९३ रहको थियो । जसमध्ये २६ जनाले शरिर छोडिसकेको छ, १ सय ४८ जना पारिवारिक पुनर्मिलन भएको, २७ जना अन्य शाखामा स्थानान्तरण भएको, ८७ जना उपचार, परार्मश पश्चत स्वेच्छाले आश्रम छोडेर गएको छ ।
उक्त भवन शिलान्यास सम्वन्धी जानकारी दिने उदेश्यले गरेको पत्रकार सम्मेलनका अध्यक्ष विराटनर महानगर पालिकाका मेयर भीम पराजुलीले एक वर्षको तलव भत्ता करीब ५ लाख प्रदान गरी मानव सेवा आश्रमको एउटा कोठा वनाउने घोषण गर्दै त्यस मानव मंन्दिर निर्माणमा सवैलाई सहभागीता जनाउँन आग्रह गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]