बिराटनगर, चैत १२ गते । स्यांङ्गजा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी बिराटनगर महानगर पालिकामा सरुवा भएर आएपछि पत्रकारहरुसंग परिचय, भेटघाट र छलफल गरेको छ ।
भेटघाटको अवसरमा बिराटनगर महानगर पालिकाको कार्यकारी अधिकृत उमेश बस्नेतले भने आफैमा कार्यकारी अधिकृतले केही गर्दैन तर महानगर पालिकाको मेयर लगायत सम्पुर्ण जनप्रतिनिधीहरुले ल्याएको योजनालाई कानुन बमोजिम कार्यन्वय गर्ने दायित्व हो सोही अनुसार गर्ने वताए ।
सोही अवसरमा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले विराटनगर महानगर पालिका भित्र रहेको वेतिथी, कर्मचारी तन्त्र, सूचना दिनमा ढिलो, विकास निर्माणको कार्यहरुमा गुणस्तरहीनता, कर्मचारी भर्नामा असमावेशीता, बारम्वार कार्यकारीहरुको हुने सरुवा लगायतका कुराहरु उठाएका थिए ।
ती प्रश्नहरुको उत्तर दिदै ती व्यतिथीहरुलाई निर्मुन पार्न सवैको सहयोग आवश्यक रहेको वताउँदै सवैको सहयोग रहे म पनि विराटनगरकै वासी भएकोले विराटनगर महानगर पालिकालाई सफा, सुन्दर र भ्रष्टाचार मुक्त वनाउन कुनै कसर नछोड्ने वताएको थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]