बिराटनगर, चैत ११ गते । होलीपर्वको शुभ अवसर पारेर सुमित खड्काको धनियाँ के होली गीत प्रमुख अतिथी प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले विमोचन गरेको छ ।
सोही अवसरमा प्रमुख अतिथी कार्कीले होली पर्व नेपालको गौरव भएको र नेपालको हिमाल पहाड र तराई तीनै ठाउंमा नेपालीहरुले भव्य रुपमा होली मनाउने गरेको सुनाउँदै आफू पनि होली खेली धेरै मन पराएको वताए । गतवर्षमा कोरोनाका कारण होली प्रभावित भएता पनि यसपालि पनि फेरी कोरोनाको हल्ला चलेता पनि मिलीजुली होली मनाउन मन्त्री कार्कीले आग्रह गरेको छ ।
खड्काले निकालेको धनियाँके होली गीती एलवमा ७ वटा गीतहरु राखिएको छ । धनियाँ होली मे गीतको शव्द दीप नारायण राजवंशीको रहेको छ भने संगीत निरज श्रष्ठले दिएको छ । त्यसैगरी इन्द्रेणीको रंग वोकी गीतको संगित सुमित खड्काले दिएको छ भने शब्द पविता शर्माको रहेको छ ।
त्यसैगरी रंगीवरंगी, आयो फेरी फागु, होली मे छमछमको संगित सुमित खड्काको रहेको छ भने शव्द दीपनारायण राजवंशीको रहेको छ । होली सरर..गीतको शब्द पुजा मारियाको रहेको छ भने संगीत सुमित खड्काकै रहेको छ । आयो रे आयो रे…संगित सुमित खड्को रहेको छ भने शब्द सुनिता घिमिरेको रहेको छ ।
न्यू सृष्टि दैनिक पत्रिकाको आयोजनामा भएको विमोचन कार्यक्रममा सम्पादक शंकर खरेलले स्वागत मन्तव्य दिएका थिए । सो कार्यक्रमका प्रमुख अतिथी मन्त्री कार्की नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, नेपाल पत्रकार महासंघ मोरंग शाखाको अध्यक्ष बन्धु पोखरेल, उद्योगी नन्द किशोर राठी, वेनी गोपाल मुन्दडा लगायतले संयुक्त रुपमा एल्वमको विमोचन गरेको थियो ।
विमोचन पछि एक अर्का बीच रंग अविर खेलेर शुभकामना आदान–प्रदान गर्दै होलीको गीतमा सम्पुर्ण सहभागीहरु नाचेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]