बिराटनगर, चैत १० गते । नेपाली तथा भोजपुरी चलचित्रको सुपर स्टार विराज भट्ट केही दिनको विराटनगर बसाई पछि घर फर्केको छ ।
स्थानीय स्तरमा मैथली, हिन्दी, नेपाली लगायत केही चलचित्र निर्माण सम्वन्धी केही विषेश छलफलका लागि सुपर स्टार कलाकार भट्टलाई विराटनगरमा बोलाईएको चलचित्र निर्माता संतोष सरकारले बताए ।
चलचित्र निर्माण सम्वन्धमा तत्काल भट्टले कही नबोले पनि चलचित्र निर्माण गर्ने छलफल भएको तर अझ विस्तृत छलफल पछि अर्को पटक विराटनगर आएपछि सार्वजनिक गर्ने वहांको भनाई थियो ।
भट्टलाई भेट्न विराटनगरको विग होटलमा मैथली, भोजपुरी, नेपाली, राजवंशी, मगही लगायतको कलाकारहरुको भीड लागेको थियो ।
सोही अवसर पारेर राजवंशी चलचित कर्मी संघ प्रदेश नं. १ सहसचिव विष्णु कुमार राजवंशी, कलाकार विजय कामत, राजवंशी मोडेल प्रेरणा राजवंशी र कुस्ती खेलाडी गोविन्द राजवंशी भेटघाट गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]