राजेश कुमार राजवंशी
विराटनगर, चैत ९ गते । खवास जातिलाई छुट्टै तथ्यांकमा सुचक्रीतको माग खवास जातिको जागरण अभियानको लागि ७ सदस्य कार्यसमिति गठन गरेको छ ।
खवास जातिको जागरण अभियानको लागि बेलवारी नगर पालिकाका प्रभाग कुमार खवासको संयोजकत्वा सो कार्यसमिति गठन भएको हो ।
सो समितिको सचिवमा सुर्य खवास सन्दर हरैचा नगरपाकिला, कोषाध्यक्ष प्रमिला खवास सुन्दर हरैचा नगरपालिका, सदस्यहरुमा मनिता खवास सुन्दर हरैचा नगरपालिका, प्रेमलाल खवास विराटनगर महानगर पालिका, अजय कुमार खवार बुढीगंगा गाउँपालिका र राजेश खवास रंगेली नगरपालिका रहेका छन् ।
जागरण समितिका अनुसार नेपालमा २०४६ सालमा पुर्ण प्रजातन्त्र प्राप्त भए सबै जात जातिहरुले आआफ्नो अधिकार नेपालका मुल आदिवासीहरु आ आफ्नो पहिचान हक र अधिकार खोजिरहेको खवासलाई जाति आदी वासीमा सुुचीकरण गर्न छुटाएकोमा आक्रोस पोख्दै आउँदो जनगणनाको लागि जागर अधियान चलाउने भएको छ ।
विधिवत रूपमा २०५४ सालमा खवास समाज दर्ता गरि खवास जातिलाई आदिीवासी जनजातिमा सुचीकृत गर्न माग गर्दै आएको थिए । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठामा २०५८ सालको तथ्यांकमा जनजातिहरुलाई सुचिक्रीत गर्न सम्बन्धमा च.नं. ७२१÷६८२४ मिति २०७५ चैत ४ को पत्र अनुसार नेपाल सरकार प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यलयले च न १४५ मिति २०७६ चैत १४ को पत्र अनुसार नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको च.नं. १४५ मिति २०७६ बैशाख ४ को पत्र अनुसार सबै तहका निकाय लाई आदिवासी जनजातिको सुचिमा नपरेका जातीहरुलाइ सुचिमा राख्र आदेश भए तापनि अझै सम्म छुटिेएको जातिलाई कुनै प्रदे तथा स्थानिय तहमा सुचीकृत नगरेकोमा जागरण अभियानका संयोजकले गुनासा गरेको छ ।
खवास जातिको छुट्टै पहिचान, रितिरीवाज भएकोले छुट्टै आदीवासी जातिके रुपमा सूचिकृत गराउन अभियानले समाजमा जागरण चलाउने, सरकारलाई दवाव मुलक कार्यक्रमहरु संचालन गर्न भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]