बिराटनगर, चैत ३ गते । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल त्रिपुरेश्वरको आयोजनामा स्वदेशी बस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ विराटनगरमा चैत ५ गते विहीवार देखि मेला लगाउने भएको छ ।
एशोसियसनले पत्रकार सम्मेलन गरी विगत ५ वर्ष देखि जुत्ता घरले गर्दै आएको फुटवेयर मेलालाई वृहत गर्दै एशोसियसन मार्फत मेला आयोजना गर्न लागेको एशोसियसनका अध्यक्ष होमनाथ उपाध्ययले जानकारी गराए ।
देशभरमा छरिएर रहेका जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरु उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधीमुलक संस्था एशोसियसन भएकोले सोही मार्फत मेलाको आयोजना गर्ने भएको छ ।
नेपालभरमा लघु उद्योग, साना, मझौला र ठुला गरि १ हजार ५ सय चुत्ता चप्पलको उत्पादन गर्न उद्योग रहेकोमा ती उद्योगवाट करीब वर्षभरिमा ५ करोड भन्दा बढी उत्पादन गरी स्वदेशी बजारमा उत्पादन आपुर्ति गरी रहेका छन् । प्रत्येक नेपालीले वर्षमा सरदर ३ जोर जुत्ता चप्पल प्रयोग गर्ने गरेको समेत जानकारी गराएका थिए ।
जुत्ता चप्पलको आन्तरिक मागको ६३ प्रतिशत मात्र पुर्ति गर्न सकेको भन्दै यस क्षेत्रमा करीव ५५ हजार श्रमिक प्रत्यक्ष रोजगारीमा रहेको आयोजकको भनाई छ ।
सो मेलामा बेस ग्लोबल प्रा.लि. को बीएफ डियर हिल, शिखर शुज इण्डष्ट्रिज प्रा.लि को शिखर, कोशेली छाला जुत्ता उद्योग प्रा.लि. को कोसेली, लालीगुरास फुटवेयर को क्रसरोड, नियासा शुज इण्डष्ट्रिज प्रा.लि.को रोयल, शुभकामना फुटवेयर प्रोडटक नेपाल प्रा.लि. को फस्टवाक, पबित्रा शुज इण्डष्ट्रिजको शुल्याण्ड, रन शुज इण्डष्ट्रिज प्रा.लि. रन, स्माट शुज इण्डष्ट्रिज प्रा.लि. को स्मार्ट, जय श्री पि यू टेक को म्याजिक र सुर्रबी पोलिमर्सको हाइलाईफ ब्राण्डका चुत्ता चप्पल राखिने छ ।
मेला १२ वटा कम्पनीको २० वटा ब्राण्डहरुको सहभागीतामा छालाको जुत्ता, चप्पल, लेदर वेल्ट, स्कुल सुज, स्पोर्ट सुज लगायत अन्य जुत्ता चप्पलका उत्पानहरु १ सय देखि १ हजार सम्मको खरिदमा १० देखि ५० प्रतिशत सम्म ग्राहकलाई छुट दिने भएको छ ।
जुत्ता चप्पल मेला २०७७ चैत ५ गते देखि २०७८ बैशाख ५ गते सम्म संचालन हुने मेला विहीवार विराटनगर महानगर पालिकाका मेयार भीम पराजुलीवाट समुद्घाट गराउने एशोसियसनका अध्यक्ष उपाध्ययले जानकारी गराएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]