राजेश कुमार राजवंशी
बिराटनगर, चैत १ गते । नेपालमा बसोवास गरेको खवास जातिको बेग्लै पहिचान बोकेको अलग्यै जाति रहेको भन्दै खवासलाई थारुमा मिसाई सुचिकरण गर्न सिफारिस गरेकोमा घोरविरोध जनाएको छ ।
नेपाल पत्रकार महासंघ मोरंगको सभाहलमा पत्रकार सम्मेलन गरी खवास समाज परिषद केन्द्रिय उपाध्यक्ष सदर खवासले भने राष्ट्रिय मानव अधिधार आयोगको सिफारिस अनुसार नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयहरुको पत्र अनुसार सबै तहका निकायलाई आदिवासी जनजातिका सुचीमा नपरेका जातिहरुलाई सुचीमा राख्न आदेश दिएतापनि कुनैपनि तह निकायले गम्भीरताको रुपमा नलिएको घोर भर्तसना गरेका थिए ।
त्यसैगरी नेपाल सरकारको संविधान अनुसार विभिन्न संबैधानीक आयोग मध्ये थारु आयोग गठन भई थारु आयोग द्धारा २०७७ फागुन २८ गते काठमाण्डौमा आयोजित थारु समुदायको थर सुचीकरण सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा थारु जातिको थर पहिचान अनुसन्धान समूहका संयोजक डा. डम्बर चेम्जोङका टोलीका अनुसन्धान कर्ताहरुले गहिरिएर स्थलगत अनुसन्धान नगरी हचुवाको पाराले र खवास समुदाय संग कुनै सहकार्य नगरी कितावी अध्ययनको आधारमा र थारु जातिको जनसंख्यालाई अधिक भन्दा अधिक देखाई राज्यवाट पाउने सुविधाको लागि खवास जातिको थरहरुभएको सवैलाई थारुमा सुचीकृत गरेको देखिदा खवास समाज परिषद स्तब्ध भएको छ र परिषदले त्यसको घोर भत्र्ससना गरेको छ ।
खवास जातिको विश्लेषक तिलकचन्द चौधरीका अनुसार थर एउटै हुँदैमा सवै थारु हुन सक्दैन खवास र थारुको धेरै जसो रहन–सहन, पहिरण, पोषाक, रिती रिवाज मिल्छ छर हामी थारु होईन भन्दै थारु र खवासमा एक सुतोको फरक छैन तर थारु र खवास एक पनि होईन तर कतिपय राजनीतिक दलका नेताहरुलाई खवासलाई भोटका लागि थारुमा मिसाउँछ राजनीतिक रंग दिन्छ । वहांको अनुसार ५० औं वर्ष देखि खवास जातिलाई छुट्टै सुचिकृत गर्ने हाम्रो माग रहेको जानकारी गराएका थिए ।
खवास जातिको बसोवास झापा, मोरंग, सुनसरी र धनुषाको जनपुर गरी देशको अन्य ठाउँमा समेत बसोवास रहेको देश भरमा करीब २ लाख बसोवास रहेको खवासहरुको मोरंगमा मात्रै ५० हजार जनसंख्या रहेको भएता पनि २०६८ को जनगनणाको तथ्याँकमा १८ हजार संख्या मात्र देखाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]