हिरालाल साह
विराटनगर, फाल्गुण ११ गते । संघिय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी बीच धरै रस्साकस्सी पछि मोरंगमा विधिवत रुपमा समायोजन भएको छ ।
जनता समाजवादी पार्टी मोरंगले समायोजन घोषणा तथा सपथ ग्रहण कार्यक्रमको आयोजनागरी जनता समाजबादी पार्टी नेपालको मोरङ जिल्ला समन्वय समितिको अध्यक्षमा राज कुमार यादव चयन भएको छ ।
पार्टी समायोजन निर्देशिका २०७७ को १.५ र २०७७ र १० र १९ को समायोजन परिपत्र ४ अनुसार यादव अध्यक्षमा निर्वाचित भएका छन् ।
समायोजन निर्देशिका २०७७ को ३.१ को (क) अनुसार तथा विधानको धारा ४४ अनुसार सर्वसम्मतिले समायोजन टुंगिएको जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य युवराज कार्कीले वताए ।


समायोजन प्रक्रियामा २५ सदस्यीय जिल्ला कार्यकारिणी समिति तथा २ सय १ जिल्ला समिति गठन गरिएको छ । त्यसमध्ये पुर्व संघिय समाजवादी पार्टी बाट अध्यक्ष सहित १३जना र पुर्व जनता पार्टी बाट १२ जना गरी २५ जनाको कार्यकारिणी समितिका घोषणा गरेको छ । जसमा ७ जना राजपाको नाम समायोजन गर्न वाँकी छ ।
कार्यकारण समिति र सदस्यहरुलाई नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य युवराज कार्कीले सपथ ग्रहण गराई फूलमाला लगाएका थिए ।
समायोजन प्रक्रियामा जनता पार्टीका एक घटक मो. कादिर पक्ष अनुपस्थित रहेका थिए । जनता पार्टीको तर्फबाट मोरङ जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका मो.कादिरले समायोजन एक पक्षिय रहेकोले हाम्रो असहमति रहेको बताएका छन् । वहांका अनुसार समायोजन कार्यदल तीन पटक पहिले बसेपनि सहमति भएको थिएन । सहमति नभएपछि हामीले तात्कालिक विवाद टुङ्ग्याउन केन्द्रमा सिफारिस गर्नेकुरा भएको थियो तर एक पक्षिय ढंगबाट सहमति विपरीत समिति बनेकोमा आपत्ति जनाएका छन् ।
समायोजन प्रक्रियालाई टुंगो लगाउन युवराज कार्कीको संयोजकत्वमा ८ सदस्यीय समायोजन समिति गठन गरिएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]