विराटनगर, फाल्गुण ११ गते । पायोनियर मोटो कर्प प्रा.लि विराटनगरले एक कार्यक्रमको बीच नयाँ निशान म्यागनाईटको मूल्य सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ ।
निशान म्यागनाईट गाडीको समुद्घाटन प्रमुख अतिथी विराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले गरेका थिए ।
नेपाली ग्राहकहरुले विराटनगरमा रहेको सो रुमबाट बुकिङ गर्न सकिने भएको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्यूटिफुल र अथि आकर्षक गाडी निशान म्यागनाईटको मूल्य २९ लाख ४९ हजार रहेको छ ।
निशान मोटर भारतका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार म्याग्नाइटले निशान नेक्सट को नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरुवात गरेको छ ।
मेक इन इन्डिया, मेक फोर द वल्र्ड को दर्शनमा निर्मित, नर्या निशान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट इन सेगमेन्टका सुविधाहरु रहेका छन् । जसले उपभोक्तहरुलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने छ ।
समृद्ध अनुभव प्रदान गर्ने निरन्तर अन्वेषणमा लागि पर्ने निशानको मान्यता अनुसार नै यो गाडि निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको छ । म्याग्नाईटका हरेक मोडलहरु प्रयोगकर्ताको आकांक्ष पुरा गर्ने ध्ययका साथ डिजाईन गरिएको छ ।
नयाँ निशान म्याग्नाइटको लन्च निशानको लामो ग्राहक केन्द्रित यात्रामा एउटा अवस्परणीय कोषे ढुंगाका काम गर्ने छ । ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाईटले पक्कै पनि नेपाी मजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पायोनियर मोटो कर्प प्रा.लि विराटनगरका शाखा प्रमुख अमित अग्रवालले वताए ।
सो अवसरमा मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरंगको अध्यक्ष भीम घिमिरे र पवन सारडाको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]