हिरालाल साह
बिराटनगर, फाल्गुन ९ गते । राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं. १ कार्यालय बिराटनगरले कार्यालय परिसरमा सामाजिक न्याय तथा मानवअधिकार अवस्था सम्बन्धि एक दिने छलफल कार्यक्रम मानव अधिकार आयोगका सदस्य निहिर ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विभिन्न सरोकारवालाहरुले राष्ट्रिय मानवअधिकार आयोगको भुमिकामा कमि आएको, अनुगमन फितलो भएको, अपांगले अधिकार नपाएको, ज्येष्ठ नागरिकले यातायातमा पाउने छुट नपाएको, जिल्ला प्रशासन कार्यालय परिसर भित्रै नागरिकता र पासपोर्ट बनाउन झन्झटिलो प्रक्रिया रहेकाले भ्रष्टाचारी र बिचौलियाहरु मौलाएको आरोप लगाएको छ ।
त्यसैगरी प्रहरीको कार्यालयमा थुनामा रहेको हकमा २४ घण्टा भन्दा बढि, राख्न नपाउने अन्यथा अदालती बन्दोवस्तिमा जानुपर्ने कानुन हुँदा पनि पहुँच अथवा भनसुन नगर्दासम्म १५ दिनसम्म पनि थुनुवामा राख्ने, लकडाउनको बेला उद्योगी व्यापारीले उत्पादन मिति समाप्त भैसकेको बस्तुमा पुन ः नयाँ स्टिकर राखेर उपभोक्तालाई ठगेको, बिदेशमा कामदार महिलाका अधिकारहरुका बारेमा मानवअधिकारको पालना नभएको बताएका छन् ।
मानव अधिकार आयोगका सदस्य ठाकुरले देशमा हालको मानवअधिकारको स्थितिबारे बुझ्ने सन्दर्भमा विभिन्न पेशागत संघ संगठन बिच समस्या पहिचान साथै जनताको माझ मानवअधिकार पहुँचको स्थिति बारेमा सरोकारवालाहरु बिच छलफल भएको छ ।
ओली सरकारले हालैमात्र संबैधानिक आयोगहरुको नियुक्तिको क्रममा ५ सदस्यीय समिति गठन भएको छ । ओलि सरकारले गरेकोे नियुक्तिहरुको बिरुद्ध सर्बाेच्चमा खारेजीको रिट पनि परेको छ ।
सो कार्यक्रममा कानुनविद, एनजीओ कर्मी, नागरिक समाज, बुद्धिजीवी, उपभोक्ता मंच, विभिन्न पेसागत संगठन, पत्रकारहरुको उपस्थिति रहेको थियो भने राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ का कार्यालय प्रमुख नितु गडतौलाको उपस्थितिमा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]