विष्णु राजबंशी
विराटनगर, फाल्गुण ६ गते । विराट राजवंशीको १४ औं भेला पनि विराट राजबंशीलाई आदिवासी जनजातिमा सृचिकृत माग राख्दै भव्यरुपमा सम्पन्न भएको छ ।
राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय कार्यालय विराटनगरले बिहीबार आफ्नै जातीय संस्कृति झल्किने मौलिक पहिरन, झाँकीसहित भेषभूषमा बजार परिक्रमा गरी वीरेन्द्रसभा गृह हलमा बहृत भेला आयोजना गरेको थियो ।
विराटनगरको रंगशालादेखि सुरू भएको ¥यालीले गोल्छा चौक, मेनरोड हुदै ट्राफिक चौक, हस्पिटल चौक भएर वीरेन्द्र सभा गृह हलमा पुगेको थियो । उनीहरूले विराट राजवंशीलाई आदिवासी जनजातिमा सृचिकृत गर, राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गरलगायतका नारा लगाउँदै नगर परिक्रमा गरेपछि विराटनगरस्थित वीरेन्द्र सभागृह हलमा बृहत भेलामा सरिक भएका थिए ।
राजवंशी समाज उत्थान समिति (विराट) का अगुवाहरूले भूमिपत्रु विराट राजवंशीहरूलाई राज्यले अन्याय गरेको गुनासो गर्दै प्रकृतिका पुजारी, भूमिको रक्षा गर्ने विराट राजवंशीलाई राज्यले आदिवासी जनजातिमा सुचिकृत नगरेर अन्याय गरेको भन्दै आक्रोस पोखेका थिए । १४ वर्षदेखि निरन्तर रुपमा आदिवासी जनजातिमा सुचिकृत गर्न माग राख्दै आन्दोलित हुँदा पनि राज्यले राजवंशीहरूको कुनै मागको सुनवाइ नगर्दा आन्दोलनमा होमिनको विकल्प नभएको वहांहरुको भनाई थियो ।
त्यसैगरी विराट राजवंशी युवा अध्यक्ष कुशेश्वर राजवंशीले १४ वर्ष भइसक्दा पनि राज्यले विराट राजवंशीलाई आदिवासी जनजातिमा सुचिकृत नगर्नु दुःखद भएको भन्दै ‘विराट राजवंशीको छुट्टै भाषा, संस्कृतीले भरिपूर्ण हुँदा पनि राज्यले अहिलसम्म आदिवासी जनजातिमा सुचिकृत गरेको छैन वहांको भनाई थियो ।
कार्यक्रममा राजवंशी समाज उत्थान समिति (विराट) अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले भाषा, संस्कृति भएको भुमि पुत्र विराट राजवंशीलाई राज्यले आदिवासी जनजातिमा सुचिकृत नगरेसम्म निरन्तर आन्दोलनमा उत्रिने चेतवनी दिएका थिए ।
समाजमा उल्लेखिय योगदान पु¥याउने आठ जनालाई सम्मान गरेको छ । राजवंशी सामाज लागेका आग्रज व्यक्तित्व र विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउनेहरूलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरूमा शिक्षकहरु भमरलाल राजवंशी, शिव शंकर राजवंशी रहेका छन् ।
त्यसैगरी राजवंशी समाज उत्थान समिति (विराट) ले नृत्य निर्देशक कार्तिक राजवंशी, खेलकुद विदाबाट गोविन्द कुमार राजवंशी र फोटोग्राफर भुवनेश्वर राजवंशीलाई सम्मान गरेको छ भने राजवंशी सामुदायबाट उच्च शिक्षा हासिल गर्ने तीन जना विद्यार्थीलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुने विद्यार्थीहरूमा राज राजवंशी, पूजा राजवंशी र लत्ता राजवंशी रहेका छन् ।
सो सम्मान प्रमुख अतिथी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालले गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]