विराटनगर, फाल्गुण ६ गते । भारतबाट नेपाल भित्रियाएको १२ वटा राँगा र ६ वटा पाडी प्रहरीद्धारा बरामद गरिएकोमा सो राँगा र पाडीहरु अहिले प्रहरी चौकीलाई नै घाडो भएको छ ।
मोरंगको धनपालथान गाउँपालिका वडा नं. २ खैरबनामा रहेको स्थायी प्रहरी चौकीको गस्ती टोली र इलाका प्रहरी कार्यालय रंगेलीको गस्ती टोलीले फाल्गुण ३ गते सोमवार दिउँसो बरामद गरिएको राँगा र पाडी लिलामी प्रक्रिया अगाडी नबढ्दा र कोही लिन समेत नआएकोले बरामद गरिएको राँगा र पाडीलाई घाँस र पानी खुवान अप्ठ्यारो भएको एक प्रहरीले वताए ।
भारतवाट नेपाल भित्रियाएको १२ वटा राँगा धनपालथान गाउँपालिका वडा नं. २ गोसाई पोखरीबाट बरामद गरिएको थियो भने सोही वडाको पैटा बस्तीको बाँस घारीमा लुकाएर राखिएको ६ थान पाडी सोही दिन प्रहरीले बरामद गरिएको थियो ।
बरामद गरिएको राँगा र पाडी प्रहरी चौकीको परिसरमा बाँधीएर राखिएको छ । प्रहरीले खुल्ला सिमामा गस्ती गर्नु पर्नेमा अहिले राँगा र बाडीलाई घाँस र पानी खुवान परेशान भएको एक प्रहरीले बताए ।
खुल्ला सिमाना भएकोले कहिले नेपालवाट भारत र कहिले भारतवाट नेपाल अवैध रुपमा गाईगोरुको निकासी पैठारी भई व्यपार भई रहेको र प्रहरीले पक्राउ गरेपछि गाईगोरु, राँगापाडीहरुलाई बरामद गर्दा लिलामी प्रक्रिया लामो भएपछि प्रहरीलाई गाई गोरु संरक्षण गर्न अप्ठ्यारो भएकै कारण गाई–गोरा, राँगापाडी बरामद गर्न प्रहरीहरुले नचाहेको एक स्थानीय बासीले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]