बिराटनगर, फाल्गुन ४ गते । बिराटनगर महानगर पालिका वडा नं. १२ को वडा कार्यालय भवनको शिलान्यास भएको छ ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथी बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तथा वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले संयुक्त रुपमा बिधिवत् भुमि पुजन गरी भवनका शिलान्यास गरेको हो ।
सो वडा कार्यालयको भवन१ हजार ९ सय छत्तीस स्क्वायर फिट क्षेत्रफलमा ५ कोठाको १ तले भवन निर्माण हुने भएको छ । सो भवनको कुल खर्च ७१ लाखको रहेको छ । उक्त खर्च मध्ये १२ नम्बर वडाले ४० लाख खर्च व्यहोर्ने छ भने वांकी ३१ लाख विराटनगर महानगरपालिकाले सहयोग गर्ने भएको छ । भवनको निर्माणको लागि वंशी रायको अध्यक्षतामा १५ सदस्य उपभोक्ता समिति समेत गठन भई सको छ ।
सो भवन पुरानै ठाउँ उत्तरतर्फ बिराटनगर ११को सिमा नजिकैको छेउमा निर्माणकार्य हुन लागेकाले बिच टोलमा निर्माण भएको भए राम्रो हुन्थ्यो भनेर दक्षिणी भेगका जनताले असन्तुष्टि जाहेर गरेका छन् । उक्त वडाबाट करिब ४ हजार घरधुरी तथा १६ हजार सेवाग्रहीले सुबिधा पाउनेछन् । स्थायी संरचना बन्न लागेकोमा स्थानीय बासीहरु खुशी भएको छ ।
वडा कार्यालयको भवन सवैको पहुँच पुग्ने सेन्टर ठाउँमा हुने पर्ने तर वडाको दक्षिणी सिमामा वडा कार्यालयको भवन शिलान्यास भएकोमा विरोध जनाएको थियो । सो शिलान्यास कार्यक्रम महानगरपालिका प्रतिनिधि, सामाजिक कार्यकर्ता, राजनीतिक दलका प्रतिनिधि स्थानीय बासीहरुको उल्लेख उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]