राजेश कुमार राजबंशी
विराटनगर, फाल्गुण ३ गते । विराट राजवंशीको चाहना, विराट प्रदेशको स्थापनाको नाराका साथ विराटनगर महानगरपालिकामा २०६४ साल निरन्तर रूपमा आवाज उठाउँदै आइरहेको सबैमा अवगत नै छ । विराट राजवंशीहरुले उठाएको माग सरकारले अबिलम्ब सम्बोधन गर्नुपर्छ ।
विराट राजवंशीहरुको इतिहास हेर्ने हो भने धेरै टाढा जानु पर्दैन विराटनगरको भेडियारी गएर विराट राजाको दरवारलाई हेर्दा हुन्छ । हजार वर्ष पहिले विराट राजाको दरवार भएकोले विराट राजवंशीहरुलाई अबिलम्ब आदिवासी जनजातिमा सुचिकृत गरी साथै विराटनगरमा आफ्नो विराट राजवंशी समाज उत्थान समिति बृहत भेला गरी विराट राजवंशीको एकता, पहिचान, अधिकार, समृद्धि र स्वभिमानका लागि बृहत भेला गर्दै आएको छ ।
विराट राजवंशी समुदायले सदियौंदेखि जल, जमीन, जङ्गल तथा विभिन्न प्राकृतिक विपदासँग संघर्ष गर्दै आफ्नो अस्तित्वलाई जोगाउँदै आइरहेकोले राज्यबाट पाउने अधिकार, सेवासुविधाहरु अरु जातिले पाउने सरह पाउनु पर्छ । शैक्षिक, सास्कृतिक, राजनीति, धार्मिक क्षेत्रमा पनि हाम्रो पहुँच हुनुपर्छ भन्ने विभिन्न कार्यक्रमहरु सभा, जुलुस, ज्ञापनपत्र, मानव साङलो, अनशन, चक्का जाम गरी राज्यलाई घचघचाउँदै आएका छ ।
विराट राजवंशी यस क्षेत्रका आदिवासी जनजातिहरुका उत्थानका लागि अग्रनी भुमिका खेल्दै आएता पनि राज्यले अहिलेसम्म आदिवासी जनजातिको सूचिमा सुचिकृत नगर्नुले यस क्षेत्रका विभिन्न राजनीतिक दलहरू र सुचिकृत जातिहरुको नियत प्रति प्रश्न चिन्ह खडा भएको छ । अब आउने दिनहरुमा विराट राजवंशीहरुलाई सचेत र सहज रहन तथा सम्बन्धि निकायलाई कुनै पनि प्रकारको सहयोग नगर्ने समेत बाध्य तुल्याएको छ । विराट राजवंशीहरुलाई अबका दिनमा सौताको व्यवहार गरे वा राज्य बाट पाउने अधिकार र सेवा सुविधा बाट वन्चित गरेमा त्यसका निम्ति कडा भन्दा कडा प्रतिवाद गर्दै आन्दोलनमा उत्रने भएको छ ।
आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी राज्यले नै लिनुपर्ने छ भनी जानकारी गराउँदै यस्तो सरकारलाई जगाउन र आफ्ना जायज मागहरू लाई पुरा गराउन फाल्गुन ६ गते का दिन विराटनगरमा बृहत भेला गराउने भएको छ । विराटनगर महानगरपालिकाका दक्षिण भारत नेपाल सिमाना नजिकै पर्ने भडियारीको पुरातात्तिक विभागद्वारा उत्खनन हुँदा हुदै स्थापित रहेको राजा विराटको दरवार विराटनगर आसपासको क्षेत्रमा मात्र बसोबास रहेको यस ठाँउको मूल आदिवासी विराट राजवंशी समाजको जनसंख्या अन्य समाजको तुलनामा एकदमै न्यून रहेको छ ।
तीन दशक अगाडि विराट राजवंशीहरु सम्पन्न रूपमा रहेको देखिन्थ्यो । कृषि पेसामा आत्मनिर्भर रहेका विराट राजवंशीहरुमा जमिनदार प्रथा, जमिनदारहरुले रैती शीत गर्ने व्यवहार यति मिलनसार रहेका थिए । जसले गर्दा सामाजिक क्षेत्रमा राजवंशी जातिको राम्रो प्रतिष्ठा रहेको थियो । यति सरल र निस्वार्थ भावनाको रूपमा स्थापित रहेका विराट राजवंशी जाति राज्य पक्षको अपेक्षाले आज विराट राजवंशी समाजले अन्य जातिको अधिकार सरह अधिकार पाएको छैन । राजवंशी जातिको पहिचान र सस्कृति लोप हुन गइरहेको छ । पहिचान र सस्कृतिहरुलाइ लोप हुनबाट जोगाउनका लागि प्रत्येक वर्ष फाल्गुन ६ गते बृहत भेला, जुलुस गर्दै आएको राज्यलाई अवगत गराउँदै आएको छ ।
विराटनगर महानगरपालिकामा विराट राजवंशीको बसोबास बखरी मलहनवा, दरैया, कटकुप्पा, मधुमारा, इकराही, कन्चनवारी, खार्जी कोहबार, गोग्राह, पोखरिया, शकरपुर, कोचाखाल, सरोचिया, ब्रहमपुरा, भेडियारी, पिछरामा रहेको छ ।
त्यसै गरि जहदा गाउपालिकाको बुधनगर, हरिनगरा, हथिबन्धा, बभनटोली, जयरामपुर, सोहल, बनरखौकिया, कटहरी गाउँपालिकाको कदमटोली, आदर्शटोल, महेशपुर, खुरिया, जिरात, सितपुरा, ढेलाखौकी, नयाँबजार, केसोरिया, धनपालथान गाउँपालिकामा दादरबैरिया, कर्सिया, बुढिगंगा गाउपालिकाको बासबारी, टंकी, बगवन, मानगड, उर्लाबारी नगरपालिकाको बबियाबिर्ता, कारिकोसमा रहेका छन । त्यसै गरी सुनसरीको दुहबी नगरपालिकाको सितापुर, दुहबी ,भलुवा, फर्साइम रहेका छ भने झापा जिल्लामा घैला डुव्बामा रहेको छ ।
विराट राजवंशी समाजका मागहरू
१. विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सुचिकृत गर ।
२.प्रदेश न.१ लाई विराट प्रदेश घोषणा गर ।
३. राज्यको हरेक अगमा विराट राजवंशीको स्थान सुनिस्चित गर ।
४. विराटनगर महानरपालिकाका तत्कालीन कटहरी गा.पा., जहदा गा. पा. र बुढिगगा गाउँपालिकाका क्षेत्रलाई विराट राजवंशी स्वायत परिषद् को व्यवस्था गर ।
५. राष्ट्रिय जनगणना आयोग तथ्यांक विभागमा सुचिकृत उन्मुख जातिहरुको अलगै अभिलेखको व्यवस्था गर ।
६. भेडियारी स्थित विराट राज दरवार क्षेत्रको सरक्षण एवम् सम्वर्धन गरि पर्यटकीय क्षेत्रको रूपमा विकास गर ।
७. १ न प्रदेशसभा सदस्यमा यश प्रदेश राजधानीका मुल आदिवासी विराट राजवंशीलाई समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गर।
८. विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गर ।
यी माथिका मागहरु लाई पूरा गर्ने उदेश्यले पुनः २०७६ फाल्गुन ६ गते १४ औ बृहत भेला गर्न गईरहको छ । सो बृहत भेला विराटनगरको विरेन्द्र सभा हलमा हुन गइरहेको विराट राजवंशीको भव्य र सभ्य भेला लाई आफ्नो जातीय भेषभुषा, सास्कृतिक पहिचान झल्काउने जुलुस झाकी सहित सम्पूर्ण विराटप्रेमी दाजुभाइ, दिदिबहिनी, शिक्षक, कर्मचारी, व्यपारी, राजनीतिज्ञ, किसान, विधार्थी, युवायुवती, कलाकार बृद्वबृद्वा तथा शुभ चिन्तक इष्टमित्रहरुलाई उपस्थिति भई कार्यक्रमलाई सफल बनाइदिनुहुनका लागि समाजले आह्वान गरेको छ ।
बृहत भेलालाई सफल बनाउन सो अगाबै माघ ३० गते विराटनगरको राजवंशी चौकमा भेला भइ मोटर साइकल ¥याली गरिएको छ । सो ¥याली बरगाछि महेन्द्र चौक प्रदेश प्रमुख कर्यालय हुँदै सोमबरे हाट ट्राफिक चौक जिल्ला प्रसासन कार्यलय हस्पिटल चौक हुँदै देवकोटा चौक कोण सभामा परिनत हुने १४ औ बृहत भेलाको संयोजक रामनारायण राजवंशीले जानकारी गराएको छ । हालै राना थारू लाई छुट्टै जातिको रूपमा शुचिक्रीत गरेकोले हामीलाई उत्साहित बनाएको छ । फाल्गुन ६ गते पछी विराट राजवंशीलाई सरकारले सुचिक्रीत नगरे हामी ससक्त आन्दोलन गर्नेछौं । राजबंशी समाज उत्थान समितिका केन्द्रिय भुवनेश्वर जनाकारी गराएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]