काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले चौथौ चरणका आन्दोलन घोषणा गरेको छ ।
पार्टीको कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी केन्द्रीय संघर्ष समितिले चौथौ चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
चौथो चरणको आन्दोलन कार्यक्रम अनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ ।


त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ । फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने भएको छ ।
फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम, फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम रहने छ ।


फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध, फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा र संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिने भएको छ ।
त्यसैगरी १४ गते काठमाण्डौमा युवा ¥याली र १५ किसान र सुकुम्बासी मोर्चाको काठमाण्डौमा विरोध सभ गर्ने भएको छ ।
चौथौ चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको असंवैधानिक कदमविरुद्ध आफुहरु सडकसँगै कानूनी संघर्षमा रहेको बताए । ‘अहिलेको सरकारले निर्वाचन गर्नका लागि निर्वाचन घोषणा गरेको होइन । त्यसकारण संसद् पुनःस्थापना भएर लोकतन्त्र बहाली हुन्छ भन्ने लाग्छ’ वहांको भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]