विराटनगर, माघ २७ गते । विराट राजवंशीको चाहना, विराट प्रदेशको स्थापनाको नाराका साथ १४ औं विराट राजबंशीको बृहत भेला सकेपछि आन्दोलनमा जाने भएको छ ।
उक्त कुरा राजबंशी समाज उत्थान समिति (विराट) को अध्यक्ष भूवनेश्वर मण्डल विराट राजवंशीले बृहत भेला सम्वन्धी जानकारी गराउने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा वताएका हुन् । वहांका अनुसार विराटनगर महानगरपालिकामा २०६४ साल देखि निरन्तर रूपमा आवाज उठाउँदै आइरहेकोमा सबै राजनीतिक दलहरुले अरुकसैको जाति सुचीकृत भएमा विराट राजबंशी पनि सूचीकृत हुन्छ भनी अश्वासन दिएका थिए तर सरकारले राना थारुलाई सूचीकृत गर्दा विराट राजबंशीलाई सूचीकृत नगरेकोमा आक्रोश पोखेका थिए ।
बृहत भेला पछि विराट राजबंशी जातिलाई सूचीकृत गराउन निरन्तर शान्तिपूर्ण वारपारको आन्दोलन गर्ने वहांको भनाई थियो । सोही अवसरमा विराट राजबंशीका बृहत भेला फाल्गुण ६ गते नगरपरिक्रमा गरी विरेन्द्र सभागृहमा भेला गर्ने भएको छ भने सो अगावै माघ ३० गते विराटनगरको राजबंशी चौक देखि विराट स्वायत्त परिषदको परिक्रमा गर्ने जानकारी दिएका थिए ।
१४ वर्ष देखि निम्न ८ वटा माग राखि निरन्तर सभा, सम्मेलन, विरोध, अन्तरक्रिया, छलफल, विचार गोष्ठी लगायतका कार्यक्रमहरु गर्दै आएको छ । विराट राजवंशी समाजका मागहरू १ विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सुचिकृत गर्नुपर्ने, २. प्रदेश न. १. लाई विराट प्रदेश घोषणा गर्नुपर्ने, ३. राज्यको हरेक अगमा विराट राजवंशीको स्थान सुनिस्चित गर्नुपर्ने ४. विराटनगर महानरपालिकाका तत्कालीन कटहरी, जहदा र बुढिगंगा गाउँपालिकाका क्षेत्रलाई विराट राजवंशी स्वायत परिषद्को व्यवस्था गर्नु पर्ने रहेको छ ।
त्यसैगरी ५. राष्ट्रिय जनगणना आयोग तथ्यांक विभागमा सुचिकृत उन्मुख जातिहरुको अलगै अभिलेखको व्यवस्था गर्नुपर्ने, ६. भेडियारी स्थित विराट राज दरवार क्षेत्रको सरक्षण एवम् सम्वर्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने, ७. १ नं. प्रदेशसभा सदस्यमा यस प्रदेशको राजधानीका मुल आदिवासी विराट राजवंशीलाई समानुपातिक रूपमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने । ८. विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने लगायत रहेको छ ।
माथिका मागहरु लाई पूरा गर्ने उदेश्यले २०७७ फाल्गुन ६ गते हुँने १४ औ बृहत भेलामा विराट राजवंशीको भव्य र सभ्य भेला लाई आफ्नो जातीय भेषभुषा, सास्कृतिक पहिचान झल्काउने जुलुस झाँकी सहित सम्पूर्ण विराटप्रेमी दाजुभाइ, दिदिबहिनी, शिक्षक, कर्मचारी, व्यपारी, राजनीतिकज्ञ, किसान, विधार्थी, युवायुवती, कलाकार बृद्वबृद्वा तथा शुभ चिन्तक इष्टमित्रहरुलाई उपस्थितिको लागि आह्वान समेत गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]