विराटनगर, माघ २५ गते । मारवाडी समुदायका विभिन्न घटक बीच मैत्रीपूर्ण मारवाडी प्रीमिर लीग (एमपीएल) क्रिकेट प्रतियोगिताको आठौ संस्करण फल्गुणको पहिलो साता देखि हुने भएको छ ।
नेपाल अग्रवाल युवा मंचले पत्रकार सम्मेलन गरी एमपीएल संयोजक मनिष अग्रवालका अनुसार विराटनगर महानगर पालिका वडा नं. २ शंकरपुर मार्ग विराट नर्सिङ्ग होमको पूर्वको मैदानमा फाल्गुण ५ गते दखि ८ गते सम्म संचालन हुने छ ।
उक्त एमपीएल क्रिकेट प्रतियोगिता लीगकम नकआउटको आधारमा खेलाइने सो प्रतियोगितामा १० बटा लिग खेल हुने भएको छ । लिगको टप पहिलो र दोस्रो हुने टिमविच फाइनल प्रतिस्पर्धा हुने आयोजकले जानकारी गराएको छ ।
मारवाडी समुदाय बिच हुने एमपीएल क्रिकेट प्रतियोगितामा नेपाल अग्रवाल युवा मंच, मेहेश्वरी युवा मंच, ओस्वाल युवा मंच, नेपाल मारवाडी ब्राहण युवा मंच र स्वर्णकार युवा मंचका क्रमश केएवी रोयल्स, प्रिमियर एलेभेल विराटनगर, महालक्ष्मी एलेभेल, पर्शुराम वारियर्स र सोनी रोयलस गरी पांचवटा टिप बीच प्रतिस्पर्धा हुने भएको छ ।
विजेता टीमलाई ट्रफि सहित नगद ४१ हजार र उप विजेतालाई ट्रफि सहित १५ हजार प्रदान गरिने छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीलाई ५ हजार १ सय नगद तथा प्रत्येक खेलको म्यान अफ म्याच हुने खेलाडीले नगद २ हजार १ सय रकम सहित ट्रफि प्रदान गरिने भएको छ ।
त्यसैगरी उत्कृष्ट बलर तथा उत्कृट ब्याट्म्यान समेतलाई नगद पुरस्कार तथा ट्रफि प्रदान गरिने भएको छ । उक्त एमपीएल क्रिकेट प्रतियोगितामा ४ लाख खर्च हुने नेपाल अग्रवाल युवा मंचका अध्यक्ष मोहित अग्रवालले वताए ।
एमपीएल क्रिकेट प्रतियोगिताको लागि मुख्य प्रायोजक आनन्द ईटा उद्योग रहेको छ भने सह प्रयोजकको रुपमा एम आई मोबाईल र रमपम चाउचाउ लगायत रहेको आयोजकले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]