विराटनगर, माघ २५ गते । प्रदेश नं. १ को गौरवमै योजना विराटनगरको घिनाघाटदेखि पूर्वपश्चिम राजमार्ग जोडिने विराटचौकसम्म पुग्ने चार लेन सडक निर्माण कार्य तिब्रगतिमा भईरहेको छ ।
कोरोना महामारीका कारण काममा केही डिला भएपनि अहिले निर्माणकार्य तिब्रगतिमा भईरहेका छ । सो सडक खण्डमा ९ वटा बक्स कल्भर्ट राखिएकोमा ६ वटा निर्माण कार्य सम्पन्न भई सकेको छ तीन वटा कल्र्भट निर्माण सम्पन्न भएपछि फागुणको दोस्रो साता देखि कालोपत्र गर्ने कार्य शुरु हुने पूर्वाधार विकास कार्यालयका प्रमुख राजन राज रड्डीले बताए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेता चौकमा तीन महिनाअघि प्रदेश सरकारको गौरवको योजना मानिएको यो सडक सिलान्यास गरेका थिए । दुई दशक अघिदेखि स्थानीय व्यवस्थित र दह्रो सडकको पर्खाईमा थिए । हाल आएर निर्माणले गति लिएको हो ।
थारु समुदायको बाहुल्य क्षेत्र रहेको पुरानो मार्ग भएकोले बारम्वार मर्मत हुने र भत्किने सडक अहिले चार लेनको पक्की बाटो बनिरहेकोमा स्थानीय बासीहरु हर्षित भएका छन् । प्रदेश नं. १ को राजधानी विराटनगरबाट पुर्व बाहिरिने र भित्रिने सबभन्दा ठूलो बैकल्पिक मार्ग भएको छ ।
चार लेनको सडक निर्माण भई रहेको वेला कहिले हिलो र कहिले धुलोवाट स्थानीयहर परेशान भएपनि स्थायी रुपमा धुलो र हिलोबाट मुक्त हुने र पछाडि पारिएको थारु बाहुल्य क्षेत्रमा बनेको चार लेन सडकले थारु समुदायमा व्यापार विजनेश बढेर केही हद सम्म वेरोजगारी समस्या समेतलाई पक्की सडकले हल हुने भएपछि स्थानीबासीमा खुशी छाएको सुजित माझीले वताए ।
घिनाहाघाट–विराटचौक २२ किलोमिटर चारलेन सडक प्रदेशकै गौरवको योजना भएको सो योजनाको प्रदेश नं. १ को मुख्यमन्त्री राईले गरेका थिए । त्यसैले सडक तोकिएकै अवधिमा पूरा गर्न सम्बन्धित निकायलाइ थप जिम्मेवारी रहेको छ ।
गहिले सकडका सबै भागमा दुबैतर्फको अवरोध हटाएर बाटो फराक पार्ने काम भईरहेको छ । कतिपय भागमा नाला निर्माणको कामले समेत गति लिएको छ ।
दुईवटा प्याकेजमा विराटचौक र घिनाघाटतर्फबाट सडक ठेक्का लागि निर्माणको काम आसोजबाट शुरु भएको हो । १ अर्ब २० करोडमा ठेक्का लागि काम शुरु भएको हो ।
करोना महामारीका कारण बजेटहरु कटौती भएकाले आर्थिक वर्ष २०७६÷०७७ कै काम भएको १६ करोड भुक्तानी हुन वांकी छ भने ३ अर्व भुक्तानीको तयारीमा रहेको छ । अरु योजनाको काम बजेटको कारण अवरोध आएपनि प्रदेश १ को गौरवको योजना विराटनगर घिनाघाट देखि विराटचौक सम्मको चार लेनको सडकमा कुनै बाधा अवरोध नआउने र समयमै निर्माण सम्पन्न हुने रेड्डीले वताए ।
उक्त चार लेन सडको चौडाई बजार क्षेत्रमा ६६ फिट रहेको छ भने बजार क्षेत्र बाहेक बस्ती भएको ठाउँमा ५६ फिट रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]