बिराटनगर, माघ २४ गते । नेपाल रेडक्रस मोरंग शाखाको सहयोगमा बिराटनगर महानगर पालिका वडा नं. १२ का १ सय ५० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।
बडा कार्यालय बिराटनगर १२ को पहलमा दलित, एकल महिला, ज्येष्ठ नागरिक, गरीब तथा विपन्न परिवारलाई सो कम्मल वितरण गरिएको हो ।
माघ महिनाको अन्तिम सातासम्म पनि जाडो बढिरहेकोले कम्मल वितरण गरि सानो सहयोग गरेको बिराटनगर महानगरपाकिा वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामतले बताए ।
कामतले भने जनताहरु कोभिड महामारीको कारण आर्थिक रुपमा थला परेको अवस्थामा पहिले पनि मास्क, खाद्यान आदी सहयोग गरेको साथै आगामी दिनहरूमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाएको छ । सो अवसरका रेडक्रस मोरंग शाखाको अध्यक्ष सुबोध कुमार सिहंको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]