विराटनगर, माघ २२ गते । आफूलाई झार्की बताउने एक यूवाले एक परिवारलाई सुन भेटाई दिने प्रलोभन दिई ५० हजार नगद सहित एक युवतीलाई लिएर वेपत्ता भएको छ ।
विराटनगर महानगर पालिका वडा नं. ४ बस्ने रघुनन्दन माझी थारुकी पत्नी देखन सरी माझी चौधरीलाई एक अपरिचित सुनिल मण्डल नाम वताउने यूवाले छोरा–छोरी नहुने दम्पतीलाई औषधी दिएपछि सन्तान प्राप्त हुन्छ भनेपछि देखन सरीले आफ्नो छिमेकीलाई सन्तान नभएकोले त्याहां लगेका थिए ।
सोही क्रममा मौका छोपी तपाईको घरमा मसानले २ किलो सुन मसानले राखेको छ सो म भेटाई दिन्छु भनेपछि विश्वास लागेर झाक्री यूवाले पूजा–पाठको लागि परेवा, लड्डु, धुप अगरवत्ती मागेपछि सो सामग्री उपलब्ध गराएका थिए ।
घरभित्रै २४ वर्ष कि कुमारी छारी मार्फत पुजापाठ गरी माटो खनेर सुनको अंगुठी निकाले देखाएर २ किलो सुन चाहियो भने अझ ५० हजार खर्च हुन्छ भने पछि प्रलोभनमा परी आफ्नो घरमा रहेको सुन–चादी बजारमा वन्धकी राखी ५० हजार नगद झाक्रीलाई दिएका थिए ।
त्यस पछि झाक्रीले तपाईको कुमारी छोरी गुजेश्वरी माझीलाई मेरो जिम्मामा दिनुहोस त्यसलाई ५ वटा नदी कटाएर पार गरेपछि मसानले तपाईको घरमा लुकाएको सुन भट्ने छ भन्दै माघ १० गते १ बजे हिडेको झाक्री र छोरी फिर्ता नआएपछि खोजतलास गरी पाउँ भन्दै ११ गते जिल्ला प्रहरी कार्यालय मोरंगमा समेत निवेदन दर्ता गराएको र निवेदन दर्ता गराएको एक हप्ता भई सकेको भएता पनि प्रहरीले कुने चासो नदेखाएको भन्दै पत्रकार सम्मेलनमा गुजेशवरीको दाजु धु्रवनारायण थारु माझीले वताए ।
झाक्री यूवाले रामवती साहको पेटमा भएको पथरी ठीक पारी दिन्छु भन्दै २ हजार ५ सय समेत ठगेर लगेको छ । खोज तलास गर्दा झाक्री यूवाको घर विराटनगर महानगर पालिका वडा नं. १९ घिनाघाटमा रहेको तीन चार जना श्रीमति समेत रहेको ध्रुवनाराय थारुले वताए । बहिनीलाई खोज तलास गरी दिन सवैमा आग्रह समेत गरेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]