हिरालाल साह
बिराटनगर, माघ २० गते ।े प्रधानमन्त्री केपी शर्मा ओलिले पुस ५ गते संसद (प्रतिनिधि सभा)बिघटन गरेकोमा प्रतिगमन गरेकोलाई सच्याएर मात्र नहुने, संविधान संशोधन मात्र एक बिकल्प भएको बताएको छ ।
।उक्त कुरा जनता समावपादी पार्टीका बरिष्ठ नेता तथा पुर्व मंत्री राजेन्द्र महतोले बिराटनगरमा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा वताएको हो ।
महतोले अधिकार, सुशासन र समृद्धि नै देशको सहि समाधान भएकोले जनताले स्थाई समाधान खोजेको छ भन्दै पटक–पटक गरि काङ्ग्रेस, कम्युनिस्टहरूले राज्य संचालन गरेका छन् । देशमा ७ वटा संविधान यिनै खसबादीहरुले बनाएका छन् । संविधान बनाउने र भत्काउने काम मात्र गरेकोे तर मधेसी, आदिवासी जनजाति, दलित, अल्पसंख्यक, मजदुर, किसान, गरिबको हक हितमा संविधान कहिल्यै नल्याएको आरोप लगाएका थिए ।
अहिलेको संघियता झण्डा र डण्डा मात्र देखाएको तर अधिकार कहिँपनि मधेसीले नपाएकोले पटक–पटक आन्दोलन गर्नुपरेको बिगतको ६ महिने आन्दोलन ताजा छ । संसद पुनःस्थापना भएमा मात्र संविधान लिकमा आउनेछ त्यो भन्दा आजको आवश्यकता संविधान संशोधन हो भन्दै अमेरिकीहरूले २ सय बर्षको, भारतीयले ७० बर्षदेखिको संविधान प्रयोग गरिरहेका छन् तर हाम्रो संविधान नश्लिय चिन्तनको भएकोले शासन र संबिधान मात्र परिवर्तन तर बिचार र व्यवहार कहिल्यै परिवर्तन नभएको आरोप लगाउँदै संपूर्ण उत्पिडित समुदायले आन्दोलनको लागि तयार रहन अगुवा नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
सो अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टीका सयौं जनाले जसपा नेपालमा प्रवेश गरेका थिए । उक्त कार्यक्रम जसपा नेपालका आन्दोलन परिचालन समिति मोरङ्गका संयोजक मो. कादिरको अध्यक्षतामा भएको थियो भने जसपाका अर्का मोरङ्ग संयोजक राजकुमार यादव सहित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]