बिराटनगर, माघ २० गते । सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ बाट स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहित पक्राउ परेको हो ।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ बाट नियन्त्रीत लागुऔषध सहित तिन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय रविन राई, २६ बर्षीय प्रभात राई र १९ बर्षीय संदेश राउतलाई डाइजेल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरगन ९ एम्पुल सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]