विराटनगर, माघ २० गते । एक सहकारी संस्था लिमिटेडका कर्मचारीले लाखौ रुपियां हिनामिना गरेपछि सहकारीमा बचत गर्ने सयौं बचत कर्ता विच्चलीमा परेको छ ।
साविक सोराभाग गाउँपालिका वडा नं. ३ हाल धनपालथान गाउँपालिका वडा नं. ४ मा २०२८ सालमा स्थापना भई संचालनमा रहेको नमूना सहकारी संस्थाका लेखा शाखाका कर्मचारीले अनियमितता गरी फरार भएपछि अहिले सहकारीको कारोबार बन्द हुनुको साथै बचत कर्ताहरुले बचत गरेको रकम नपाएर दिनहुँ दर्जनौ बचतकर्ताहरु सहकारी धाई रहेको छ ।
सहकारीका लेखापाल राजकुमार राजवंशीले रकम हिनामिना र सम्पति अपचल गरेकोमा जिल्ला प्रशासन कार्यालय मोरंग देखि अख्तियार सम्म मुद्दा चलि रहेको छ । उक्त सहकारी संस्थाले कृषिकको लागि विउ–विजन, खाद–मल, यूरिया उपलब्ध गराउनुका साथै सहकारीका कृषक सदस्यहरुवाट बचत गराउने र ऋण पनि उपलब्ध गराउन काम गर्दै आएका थिए । कर्मचारी र केही संचालक समितिका सदस्यहरुले सहकारीको रकम आफ्नो व्यक्तिगत काममा खर्च गरेकोले समयमा बचत कर्ताको रकम दिन नसकेको गुनासो संजय कुमार राजवशीले सुनाए ।
६ करोड ६० लाख रुपियाँ बचत कर्ताहरुलाई तिर्न बाकी छ । सोही बराबरको रकम कर्मचारीले घोटाला गरेपछि बचतकर्ताहरुमा खैलाबैला मचिएको छ । सहकारीले संचालन गरेको राईसमिल र गोदामहरु अहिले बन्द रहेको छ । सहकारीमा एक वर्ष देखिनै आफ्नो बचतको रकम लिन सहकारीको कार्यालय दिनहँ’ धाईरहेको अर्का बचतकर्ता पाण्डव कुमार सरदारको भानई छ ।
सो सहकारीमा ५ सय जना सदस्य रहको छ । संस्थाको कुलपुंजी २ करोड ४६ लाख र ऋण लगानी ६५ लाख ४४ हजार रहको छ । सहकारीका ६० प्रतिशत सदस्यहरुले बचत गर्न छाडि सकेको छ भने २५ प्रतिशत ऋण असुली हुँदैन । संस्थासंग अचल सम्पतिमा करीब १ विगहा जग्गा, ५ वटा गोदाम, १ वटा राईसमिल, १ थान ट्र्याक्टर, १ थान मोटर साईकल रहेको छ भने सटर भाडा वापत वार्षिक ९ लाख आन्दानी भई रहेको छ । त्यसैले बचत कर्ताको रकम तिर्न दुई विकल्प अगाडी सारीएको छ कित जग्गा विक्री वा राष्टिय सहकारी संस्थासंग ऋण लिएर बचत कर्ताको रकम भुक्तानी गर्ने तयारीमा रहेको सहकारीका सहसचिव मो. सलिम उद्दीनको भनाई छ ।
सहकारीको रकम संचालक समितिले अनियमितता गरेको होईन, कर्मचारीले सम्पति हिनामिना र अपचलन गरेको स्वीकार गर्दै दुुई आर्थिक वर्षको लेखा परिक्षण हुन वांकी रहेका सो लेखा परिक्षण भई रहेको छ । बचत कर्ताकै सम्पतिवाट अहिले चल अचल गरी २० करोडको सम्पति रहेको छ । त्यसैवाट बचत कर्ताहरुको रकम फागुन मसान्त सम्म फिर्ता गरी सहकारीलाई पुनः संचालनमा ल्याउने नमुना सहकारी संस्था लिमिटेडका अध्यक्ष गुलावचन्द मण्डलको भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]