हिरालाल साह
विराटनगर, माघ १९ गते । सरकारी सेवा सुविधा पाउने र सस्तोमा उपचार हुने कोशी अस्पतालमा दिन–दिनै विरामीको चाप बढ्दै गएकोले हालको संरचनामा विरामी थेग्न नसक्ने अवस्था भएकोले निकट भविष्यमा ५ सय बेड थप्ने योजना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले वताउनु भएको छ ।
अस्पतालको बेड थप्ने, दरवन्दी थप्ने, भौतिक संरचना वनाउने लगायतका सुधारका योजनाहरु स्वास्थ्य मन्त्रालयमा स्वीकृतिको क्रममा रहेकोले स्वकृति हुन वितिकै केहि समय पछि अस्पतालको मुहार फेरिने भन्दै मुख्य रुपमा विरामीका चाप बढेकोले जनशक्तिको अभाव रहेको छ त्यसको लागि ११ सय दरबन्दी थप हुने त्रममा रहेको मेसुको भनाई छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दासका अनुसार अस्पतालमा सेवा सुविधाको सुलभ र विस्तार भएको छ । स्वास्थ्य विमाको पहुँच बिरामीले सहज पाइरहेका छन् । महिनामा करिब १ लाखको ओखती विमाबाट सर्वसाधारणले छुट लिएर गएका छन् । दैनिक २ सय जति ल्याब टेस्ट भइरहेको छ । आफ्नो कार्यकालमा आइसेयु, भेन्टिलेटर, क्यान्सर, मुटु रोग जस्तो जटिल रोगिहरुका लागि थप सुधार गर्दै लाने भएको छ ।
कोभिड भाइरस महामारीको भ्याक्सिन आइसकेपछि जनतामा जुन डर थियोे । अब सामान्य अवस्थामा जनजीविका फर्केको बताएका छन् । दासले पहिलो चरणमा फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी भ्याक्सिनको पहुँचमा रहेपनि छिट्टै आमजनताले पाउने विश्वास व्यक्त गरेको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरमा अत्याधिक चिसो बढेसँगै विरामीको चाप पनि बढेको छ । चिसो कै कारण उपचारका लागि भर्ना हुने ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको संख्या अत्याधिक रहेकोले बिरामीले बेडहरु भरिएको डाक्टर लक्ष्मी नारायण यादवले जानकारी गाराए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]