हिरालाल साह
बिराटनगर, माघ १४ गते । ओली सरकारको संसद (प्रतिनिधि सभा) विघटन बिरुद्ध बिराटनगरको जनआन्दोलन चौकमा प्रबुद्ध नागरिक अभियान समिति प्रदेश नम्बर १ बिराटनगरले खुल्ला पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रमका संयोजक प्राध्यापक कृष्ण पोखरेलले हाम्रो संविधानमै नभएको संसद भंग गर्ने व्यवस्था ओलिले संविधान भन्दा बाहिर गएर नयाँ मान्यता स्थापित गर्न लागेको आरोप लगाए ।
२०४७ सालको संविधानमा प्रमले बिघटन गर्ने अधिकारको कारण जनताले धेरै दःुख भोग्नु परेको र त्यसबाट पाठ सिकेर संसद बिघटन गर्ने अधिकार संविधानमा कहिँ पनि प्रधानमन्त्रीलाई नभएको बताए । बेलायतको संविधानमा पहिले संसद बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेकोमा हाल २०११ को मिक्स टर्म एक्ट अनुसार बिघटन गर्ने अधिकार संसदलाई मात्र दिईएको, त्यसको लागि पनि दुई तिहाइ बहुमतले मात्र गर्ने प्रावधान रहेको पोखरेलले जनाए ।
प्रम ओलिले पत्रकारलाई तिमी भनेको शब्दावली लेखेको प्रति पत्रकारहरु नर्कमा जान्छन् भनी खेदो खनेको साथै वकिलहरुलाई चाटुकारको संज्ञा दिएर तुक्ष शब्दावलीहरुको प्रयोग गरि प्रधानमन्त्रीले आफ्नो र देशको नाम हसाएका छन् । त्यसैले ओलि सरकारको असंवैधानिक कदम बिरुद्ध सबै बुद्धिजीवी, पत्रकार, नागरिक समाज एकजुट भएर उठनु पर्ने बताएका छन् ।
पत्रकार महासंघ मोरङका जिल्ला अध्यक्ष बन्धु पोखरेलले नागरिकको आवाजलाई मुखारित गर्न र जनतालाई सचेत गराउन प्रमुख भुमिका निर्वाह गर्नुपर्ने साथै ओलिको प्रतिगमनकारी कदम बिरुद्ध सडक संघर्षका लागि पनि तयार रहन बताएका छन् ।
त्यसैगरी बुद्धिजीवी डा. प्रमोद कुमार (पिके) झाले ओलि आफैले भंग गरेको प्रतिनिधि सभाको सरकारपछि कामचलाऊ सरकार हुनुपर्नेमा पुर्ण सरकार जस्तै मंत्रि परिषद बिस्तार गरेकोमा संसारमै नभएको कुरा लाजमर्दो भएको बताए ।
सडकमै पत्रकार सम्मेलनमार्फत पत्रकारको जिज्ञासालाई कृष्ण पोखरेलले जबाफमा बौद्धिक नागरिक बर्गको अभियानलाई सशक्त रुपमा परिचालन गर्न एक सय दश सदस्यीय समिति गठन गरिएको र आगामि दिनहरुमा कार्यक्रम संचालन गर्न छोटो समिति गठनगरि छिट्टै आगामी बिरोधका कार्यक्रम सार्वजनिक गरिने बताए ।
कार्यक्रममा नागरिक समाजमा अगुवाहरु, बुद्धिजीवीहरु, पत्रकारहरुको ठूलो उपस्थिति रहेको थियो । सहभागिहरुलाई स्वागत मन्तब्य कानुनबिद मेदनी सेढाईले दिएका थिए भने कार्यक्रम संचालन डा.उद्धव पोखरेलले गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]