विराटनगर, माघ १३ गते । भारतको जोगवनीवाट चोरी पैठारी गरी ल्याएका लुगाहरु वेवारीसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।
जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १६ दरैया चोक नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा छाडिएको समानहरु बरामद गरीएको हो ।
बरामद गरिएको समानहरुमा, लेडिज कुर्ता सुरुवाल सेट २ सय ५ पिस, जिन्स पेन्ट १ सय ४५ पिस, स्लट जामा ४ पिस प्रति पिस, लेडिज (बनारसी, साधा) साडी २४ पिस, पेन्ट–सर्टको कपडा ४ रोल, लेडिज लेहगा ४ पिस, पर्दाको कपडा ३ थान, तन्ना तथा सिरानीको खोला २२ पिस, बिभीन्न चाबिमा लाग्ने रिङ १ बोरा रहेको छ ।
उक्त वेवारीसे समानहरुको मुल्य २ लाख ९७ हजार ४ सय रहेको अनुमान गरिएको छ । सो समानहरु जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]