विराटनगर, माघ १२ गते । प्रदेश नं. १ को राजधानी विराटनर महानगर पालिकाकामा रहेको इलाका प्रहरी कार्यालयको भवन, आवास र भान्सा घरको उद्घाटन गर्दै नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणाहरु रुपान्तरण हुन आवश्यक रहको प्रमुख अतिथीले वताएको छ ।
कार्यक्रममन प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्कीले भने प्रहरी कर्मचारीहरुले नयाँ सोच र धारणा लिएर ‘प्रहरीले शासकको रुपमा होईन सेवकको रुपमा काम गर्नुपर्ने वताए ।
यूनोपस को सहयोगमा नव निर्मीत ईलाका प्रहरी कार्यालय रानी बिराटनगरको कार्यालय उद्घटान कार्यक्रममा बोल्दै कार्कीले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा व्यक्त गरेका थिए । कार्कीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मन समेत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले कोषहरि निरौलाले उचित बासस्थानको भरपर्दो ब्यबस्था बिना नै काम कारवाही गरिरहेको ईलाका प्रहरी कार्यालय रानीले सुरक्षित बासस्थान प्राप्त भए संग–संगै अब थप हौशलाका साथ काम कारवाही गर्ने र सिमावर्ती क्षेत्रमा हुने अपराधीक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा ब्यक्त गरेका थिए ।
सोही कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले भौतिक पुर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रतक्ष्य असर पर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भए संग संगै नागरीक सेवामा अब बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाढी बढ्न नव निर्मित भवनको योगदान रहने बिश्वास लिएको वताए ।
२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।
कार्यालय भवन तथा आवास गृह र भान्सा घर कुल ५ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको भएको हो ।
उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु, यूनोपसका सिनियर एडभाईजर एवं पुर्व प्रहरी नायव महानिरीक्षक कुमार कोईराला, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरीक समाजका प्रतिनिधीहरु, बिभिन्न महिला संजाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]