विराटनगर, माघ १० गते । बाढीले लोहन्द्रा खोलाको पुल र नहरको साईफन बगाएपछि लोहन्द्रा खोला देखि पूर्वमा रहेको सुनसरी मोरंग सिंचाई आयोजनाका ७ वटा शाखाका किसानहरु सिचाईवाट बञ्चित रहेकोमा आउने बैशाखमा सिंचाई सुचारु हुने भएको छ ।
सुनसरी मोरंग सिचाई आयोजनाका प्रमुख भिलानन्द यादवका अनुसार आषिश स्वामी नरायण आशिर्वाद जेभी कन्ट्र्याक्टरसंग २०७६ साल फागुन ३० गते लोहन्द्रा खोलाको पुल र नहरको पानीकोलागि नदीमा साईफन बनाउन २९ करोड, ९७ लाख ५६ हजार ७ सय ७१ रुपियाँ २० पैसामा सम्झौता भएको छ ।
सो सम्झौता अनुसार कन्ट्र्याक्टरले २०८० भाद्र ३० गते सम्म कार्य सम्पन्न गर्नु पर्ने भएता पनि लोहन्द्रा पूर्वका ७ वटा शाखाहरुको १३ हजार हेक्टर जमिनमा सिचाई अबरोध भएकोले कम्तीमा साईफन बनाउने कार्य चैतमा सम्पन्न गरी जसरी भएपनि २०७८ साल बैशाखमा सिचाईको लागि कोशीको पानी संचालन गर्ने सोचका साथ दु्रतगतिमा काम गराई रहेको यादवको भनाई छ ।
सुनसरी मोरंग सिचाई आयोजनाका इन्जिनियर नित्यानन्द झाको अनुसार लोहन्द्रा नदीको साईफन र पुल दुवैको काम दु्रतगतिमा भई रहेको छ । पुल सम्झौता अनुसार समय भन्दा पहिले नै निर्माण गर्ने लक्ष्य भएता पनि लोहन्द्र खोला पूर्वका किसानहरुको खेतीमा सिचाईको लागि साईफन निर्माणको काम सम्पन्न गरी किसानहरुलाई कोशी नहरको पानी सिचाईका लागि आउने बैशाखमा पानी संचालनको लागि दु्रतगतिमा काम भई रहेको वताए ।


लोहन्द्रा खोलामा बनिरहेका पुलको लम्बाई १ सय ५२ मिटर र चौडाई १० मिटर रहेको छ । पुलको निर्माण समयमै सम्पन्न गर्न प्रतिवद्धता जनाउंदै नहरको पानी संचालनको लागि खोलाको साईफन चैत भित्र सम्पन्न गरी बैशाखमा पानी संचालन गर्न लागि परेको ठेक्कदार कम्पनी तर्फका इन्जिनियर शिवनारायण यादवले जानकारी दिए ।
बेलवारी नगरपालिका वडा नं. ५ कसेनीको बक्राह खोलाको पुल र नहरको साईफन २०७२÷०७३ सालको बाढीले बगाएपछि खोला पुर्वका बरियाती शाखा, नयाँपट्टी शाखा, आमझोडा शाखा, रंजनी माईनर शाखा, किसान माईनर शाखा, झमनपुर शाखा र हरकपुर माईनर शाखाका १३ हजार हेक्टर जमीनमा ५ बर्ष देखि सिचाई अवरोध भई किसानहरु मार्कामा परेका छन् भने लाखौ जनतालाई आवतजावतमा समस्याा रहदै आएको छ । सुनसरी मोरंग सिचाई आयोजनाले कुल ६८ हजार हेक्टर जमीनमा सिचाई गर्दै आएको छ ।
त्यसैगरी महादेवकोल शाखाको आर्मी क्याम्प नजिकैको स्केप बनाउन एकदम आवश्यक छ सो नभएर जहदा गाउँपालिकाको वडा नं. ५, ६ र ७ मा सिचाई अवरोध भएको छ । ८० प्रतिशत भीसीहरु जीर्न भएकोले मर्मत र केही ठाउँहरुमा सरसफाई समेत गर्नुपर्ने र सर्भिसरोडहरुमा ग्राभेलको समस्या रहको स्थानीय किसानहरुले गुनासो गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]