विराटनगर, माघ ७ गते । अबैद्ध भन्सार छलीको डिजेल जिल्ला प्रहरी कार्यालय मोरंगबाट खटिएको प्रहरीले बरामद गरेको छ ।
प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिना बिल मोटरसाईकल र सिटिमा ११ सय लिटर डिजल नेपालबाट भारततर्फ लाँदै गरेको अबस्थामा सवारी साधन सहित मानिसलाई प्रहरील पक्राउ गरेको हो ।
समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कारवाहीको लागी मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको ।
बरामद सवारी साधन तथा पक्राउ मानिसहरुमा को.२ स १८०७ न.को सिटि रिक्सामा अ. ४ सय लिटर डिजल सहित चालक जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. ११ बस्ने बर्ष ४५ को नरेश सहनी, बा. १६ प ३७०२ न.को मोसामा अ. १ सय ७५ लिटर डिजल सहित चालक जिल्ला सुनसरी साहेबगंज बस्ने बर्ष १८ को सुरज साह, को.३ प ३३६१ न.को मोटर साईकलमा १ सय ७५ लिटर डिजल रहेकोमा चालक फरार भएको थियो ।
त्यसैगरी को.२ प २४३० न.को मोसामा १ सय ७५ लिटर डिजल रहेकोमा चालक फरार, को.५ प ८८६७ न.को मोसामा १ सय ७५ लिटर डिजल रहेकोमा चालक फरार भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]