बिराटनगर, माघ ६ गते । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो ।
मोरङको धनपालथान गाउँपालिका वडा नं. ३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका वडा नं. २ बेतौना झोडाका ५० घर परिवारलाई ५० थान गरी १ सय घर परिवारलाई १ सय थान कम्बल एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष सृजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बल बितरण गर्नु भएको छ ।
सोही कार्यक्रममा कार्कीले १ सय जना असह्याय महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सर्ट पाईन्ट लगायत अन्य लत्ता कपडा समेत बितरण गरेका थिए ।
प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा कार्कीले व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]