विराटनगर, माघ ५ गते । भारतको जोगवनीबाट अबैध रुपमा कर छली नेपाल प्रवेश गराएका लत्ताकपडा तथा विभिन्न मोटर साईकलमा प्रयोग हुने पार्टहरु प्रहरीले वेवारीसे अवस्थामा फेला पारेको छ
जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. ११ स्थित महेन्द्र चोक नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा छाडिएको ४२ हजार बरावरको बिभिन्न लत्ता(कपडा तथा बिभिन्न मोटर साईकलमा प्रयोग हुने सामान फेला पारी बरामद गरिएको गरीएको छ ।
बरामद सामाग्रीहरूमा लेडिज टप कुर्ता ५५ पिस, मोजा ४९ जोर, लेडिज कुर्ता सुरुवाल सेट ३२ पिस, स्याण्डो भेष्ट ६ पिस, जामा ठुलो २ पिस, प्लाष्टीकको झोला ४ बोरा अ १०० केजी, बिभिन्न मोटरसाईकलमा प्रयोग हुने पट पुर्जा २० केजी रहेको छ ।


त्यसैगरी मोरङ बिराटनगर महानगरपालिका वडा नं.१४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी विभिन्न किसिमका खाद्य्यान सामाग्रीहरु ल्याएको १९ हजार भन्दा बढिको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारीएको छ ।
फेलापारीएका सामाग्रीहरूमाः पापड ११ प्याकेट, पानिपुरी ६ प्याकेट ६ केजी, रसगुल्ला १० बट्टा, ह्ययाप्पी डेन्ट चक्लेट ३ प्याकेट ४ बट्टा, बिभिन्न ब्राणडका मसला मसला १३ पिस ३ केजी, जिरा मसला १ केजी, भुजिया ११ प्याकेट ५ केजी, काजु २ केजी, विभिन्न ब्रान्डका बिस्कुट १५ प्याकेट अ २ केजी, जेल पेन २ बट्टा रिफिल २, लोटस ५ बट्टा, लेज ३९ प्याकेट, सरफ ५ प्याकेट ५ केजी, रेडबुल २० पिस, चिनि ४० केजी, बिभिन्न ब्राण्डका चक्लेट ३ प्याकेट, किसमिस ३ केजी, चिया ५ केजी, किचन किङ चामल २ बोरा, सुर्ती २ बोरा ३६ प्याकेट रहेको छ ।
फेलापारीएका सामग्रीहरु आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]