बिराटनगर, पौष २६ गते । १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नं. ७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर महानगरपालिका वडा नं. १४ जतुवाबाट पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मे १ च २८६२ नम्बरको कारमा सवार रहेका अग्रवाललाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरेको थियो ।
त्यसैगरी बिराटनगर महानगरपालिका वडा १६ दरैया वस्तीबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ का २१ बर्षीय बिशाल बि.क., वडा नं. २ का २६ बर्षीय बिकाश कट्वाल, रामधुनी नगरपालिका वडा नं. ५ का ४२ बर्षीय रमेश लिम्बु र बराह नगरपालिका नगरपालिका वडा नं. ५ का २० बर्षीय निकेश श्रेष्ठलाई लुपिजेसिक १६ एम्पुल, फेनारगन १६ एम्पुल र एभिल १६ एम्पुल सहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको मेचीनगर नगरपालिका वडा नं. १० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ बर्षीय अनिल सहनीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]