विराटनगर, पौष २५ गते । दुई तिहाई वहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधी सभा विघटन गरेको जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले वताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीपरिषदको सिफारीषको आधारमा राष्ट्रपतिद्धारा गरीएको प्रतिनिधी सभाको असबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमलाई खारेज गर्न विराटनगरमा आयोजनाको जनप्रदर्शन तथा विरोध सभालाई सम्बोधन गर्दै सो कुरा यादवले वताएका हुन् ।
वहांले भने संविधानलाई सच्याउन मधेशी, आदीवासी जनजाति, दलित, महिला, मुस्लिम लगायतको अधिकारलाई सुनिश्चित गर्न हाम्रो पार्टीको समर्थनमा दुई तिहाई वहुमत प्राप्त सरकार बनेको थियो । तर ती सरकारले देशमा आर्थिक विकास, कृषि विकास, औद्योकि विकास गर्नुपर्ने सो नगरी भ्रष्टाचारको विकास गरी कम्यूनिष्ट सरकार भन्दा पनि कमाउनिष्ट सरकार भएको आरोप लगाएको छ ।
प्रधान मन्त्रीले अध्यादेशहरु ल्याएर, संवैधानिक नियुक्तिहरुमा मनमानी गरी प्रतिनिधी सभा विघटन गर्नुका मनसाय भने संघिय गणतन्त्रलाई गर्नु हो त्यसैले केपी शर्मा ओलीलाई नेपाली जनताले घोक्रेठ्याक लगाएर सत्तावाट हटाउने छ वहांको भनाई थियो ।
त्यसैगरी जनता समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष बाबुराम भट्टराईले भने हिमाल, पहाड, तराईका मधेशी, आदीवादी जनजाति, दलित, मुस्लिम, महिला लगायतले पाएको अधिकार पनि गुम्ने खतरा भएकोले वेलामै नेपाली जनता संजग हुनुपर्ने वताए । केपी शर्माको प्रतिनिधी सभा भंग गरेको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमलाई सर्वोच्चले पनि सच्याएन भने जनताको अदालतवाट सत्ता चुत गर्ने वहांको भनाई थियो ।
उक्त विरोध सभामा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रामलाल सुतिहार, विमला अर्याल, जयराम यादव, भूराज राई मिर्गेन्द्र यादव समेतले मन्तव्य राखेका थिए ।
असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको खारेजी गर्न गरीएको जनप्रदर्शन तथा विरोध सभा जनता समाजवादी पार्टी नेपालका मोरंग अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको थियो ।
त्यसैगरी पौष २९ गते झापाको विर्तामोडमा आमसभा हुने भएको छ । जसमा वक्ताको रुपमा जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा पूर्व मन्त्री रकम चेमजाङ, केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री हेमराज राई, डम्बर खतिवडा र मनिष सुमनको हुने छ । माघ ३ गते हुने आन्दोलन धरानमा हुने भएको छ । जसमा केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व मन्त्री अशोक कुमार राई, केन्द्रिय कार्यकारिणी सदस्य पूर्व मन्त्री रकम चेमजोङ, केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व मन्त्री पर्शुराम खापुङ र केन्द्रिय कार्यकारिणी सदस्य युवराज काकी वक्ताको रुपमा रहने समेत जानकारी गराउँदै सहभागी हुन् यादवले आग्रह गरेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]