विराटनगर, पौष २५ गते । मोरंग र झापाको दुई स्थानवाट अबैध लागुओषध खैरो हिरोईन र ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ
जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १३ स्थित कोशी राजमार्ग जतुवा स्थित बिशेष सूचनाको आधारमा लागु औषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट विराटनगरतर्फ आईरहेको मे १ च ५८६२ नं. को कारलाई चेकजाँचको क्रममा कार चालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला झापा गौरादह नगरपालिका वडा नं. ८ स्थायी घर भई हाल दमक नगरपालिका वडा नं. ७ बगैचा टोल बस्ने बर्ष ३६ को किसन अग्रवालले लगाएको जिन्सको ज्याकेटको दाहिने गोजीबाट ३ ग्राम १६० मिली ग्राम अवैध लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको थियो ।
त्यसैगरी झापाको भद्रपुर नगरपालिका १० बाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित शुक्रवार २ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका वडा नं. १५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी रहेका छन् । पक्राउ परेका तीनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]