विराटनगर, पौष २३ गते । भारतको जोगवनीवाट अवैध रुपमा कर छली गरी ल्याएका बेवारीसे लत्ता कपडा र खाद्य्यान सामग्री प्रहरीले बरामद गरको छ ।
विहीवार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. १४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी बेवारीसे छडिएका ६४ हजार भन्दा बढिको बिभिन्न लत्ता–कपडा तथा खुद्रा पसलको सामाग्रीहरु बरामद गरेको हो ।
बरामद सामाग्रीहरूमा लेडिज बर्को १९ पिस, जेन्स भेष्ट १७५ पिस, बच्चाको भेष्ट कट्टु ७६ सेट, पेन्टी ४० पिस, गाम्छा ४७ पिस, कछाड २० पिस, लेज १३५ पिस, हेप्पी डेन्ट चक्लेट ३१ बट्टा, बिस्कुट १ कार्टुन २२ पिस, लक्ष्मण रेखा १२ प्याकेट रहको छ ।
बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]