विराटनगर, पौष १९ गते । लागुऔषध सहित विभिन्न स्थानवाट प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बिराटनगर महानगरपलिका वडा नं. १६ हुलास चोकबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ईटहरी उप(महानगरपालिका वडा नं. २ का ३२ बर्षीय अमित लिम्बु र २७ बर्षीय हेमराज बस्नेत रहेका छन् । बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बा २ च ६१११ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कार भित्रबाट लागुऔषध डाईलक्स डि.सी १ गिलेन, नाईट्राभेट २४ ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगर पालिका वडा नं. १६ बाट सुन्दरहरैचा नगरपालिका वडा नं. ११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक–६ एम्पुल, एभिल–६ एम्पुल, डाईजेलाब–६ एम्पुल र फेनारगन–६ एम्पुल सहित पक्राउ गरेको हो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का २४ बर्षीय अनिके राईलाई बिराटनगर महानगर पालिका वडा नं.१६ बाट लुपिजेसिक–८ एम्पुल, एभिल–८ एम्पुल, डाईजेलाब–८ एम्पुल र फेनारगन–८ एम्पुल सहित पक्राउ गरेको हो ।
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–१ का २८ बर्षीय अनिश नेपालीलाई नाईट्रोभेट टयाब्लेट २३ पिस, आइपल ६ एम्पुल , डाईजोल्याव ६ एम्पुल, फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल सहित पक्राउ गरेको छ ।
पक्राउ परेका ५ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]